मंगलबार , बैसाख ९, २०८२

ठोकर्पाबाट कालिका हुँदै काठमाण्डाै जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । कोशीपारि यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी ३ छापमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतका अनुसार १८ जनाका सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जनाकाे मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जनाकाे धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारका क्रममा ज्यान गुमाउनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका राजन बराम र एक जनाकाे सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP