आइतबार , भाद्र १४, २०८३

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिका सभापति जयपुरी घर्तीले कोरोना भाइरसविरुद्धको खोप लगाएर भौतिक रूपमा नै परीक्षा गर्न निर्देशन दिए ।

त्यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसितको समन्वयमा दशैँअगावै भौतिक रूपमा नै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।

कक्षा १२ को परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले प्रवेशपत्रका आधारमा हालै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार विद्यार्थीले खोपको सुविधा पाएका हुन् ।

आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP