आइतबार , भाद्र १४, २०८३

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीमा गएका कामदारलाई पेन्सन वा सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गरेको छ । संघले श्वेतपत्र जारी गर्दै नेपालमा रेमिट्यान्स भित्र्याउने कामदारको सामाजिक सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताएको हो ।

श्रम गन्तव्यका रूपमा रहेका मध्यपूर्व र मलेसियन रोजगारदाता कम्पनीले आफ्ना नागरिकलाई पेन्सनको व्यवस्था गरे पनि आप्रवासी कामदारलाई त्यस्तो सुविधा दिँदैनन् । ‘नेपाल सरकारले चलाएको पेन्सन योजना वा सामाजिक सुरक्षा कोषमा कामदारलाई समेट्न सकिन्छ,’ उनले भने । यस्ता सुरक्षा कोषमा कामदारलाई समेट्न सम्बन्धित रोजगारदातालाई पनि योगदान गर्न जिम्मेवार बनाउन सकिने उनले बताए । कामदारलाई पेन्सन वा सुरक्षा योजनामा जोड्नका लागि संघले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष बनाउनुपर्ने सुझाब दिएको छ । नेपालबाट रोजगारीमा जाने अधिकांश कामदार अदक्ष भएका कारण पारिश्रमिक पनि न्यून रहेको संघका वरिष्ठ उपाध्यक्ष केसी बताए । ‘कामदारलाई दक्ष बनाउन ठूलो लगानी गर्नैपर्दैन । तीनमहिने सीपयुक्त तालिम दियौँ भने पनि पर्याप्त हुन्छ । तालिम दिनेबित्तिकै कामदारको पारिश्रमिक दोब्बर हुन्छ,’ उनले भने । तर, सरकारले यसतर्फ कुनै चासो नदेखाएको उनले गुनासो गरे ।

साथै, सम्बन्धका आधारमा घरेलु श्रमिकका रूपमा महिलालाई वैदेशिक रोजगारीको बन्देज हटाउनुपर्ने संघको सुझाब छ । सरकारले बन्देज गरे पनि महिलाहरू गैरकानुनी बाटो हुँदै विभिन्न मुलुक पुगेको संघका वरिष्ठ उपाध्यक्ष डा. केसीले बताए । गैरकानुनी रूपमा गएकै कारण महामारीको समयमा महिलाहरू झनै जोखिममा परेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP