बुधबार , अषोज २८, २०८३

नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई तोकेको छ। पूर्वसभामुखसमेत रहेका महरालाई प्रवक्ताको जिम्मेवारीमा माओवादीले ल्याएको हो।

पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुन: अस्तित्वमा ल्याइदिएपछि नेता श्रेष्ठले नै माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय श्रेष्ठ यो भूमिकाबाट अलग हुन चाहेको बताएका थिए। त्यसपछि माओवादीले प्रवक्तामा महरालाई ल्याएको हो।

यस्तै माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारीमा महरालाई तोकेको हो। भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा नेताहरूलाई जिम्मेवारी दिइएको उल्लेख छ।

केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ।

प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज छन् भने अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको हो।

प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह छन्। यहाँ अध्यक्ष तोक्न बाँकी छ। बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल छन्।

गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकेको माओवादीले जनाएको छ। साथै लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएकी छिन्।

कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा छन् भने सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट छन्। यहाँ अध्यक्ष तोक्न बाँकी छ। अधिकांश प्रदेशमा सहईञ्चार्ज तोकिएका छन् तर सचिव चयन गर्न बाँकी राखिएका छन्।

माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ।

माओवादीले जिल्ला समन्वय समितिका ईञ्चार्जहरू पनि तोकेको छ भने उपत्यका विशेष समिति पनि बनाएको छ।

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा छन्।

स्वास्थ्य विभागमा कल्पना धमला, स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेल छन्। सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल छिन्। भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन्।

नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा छन् भने वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख रहेको माओवादीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP