मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेको स्थायी कमिटी बैठकले एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज बसेको बैठकमा यसअघि भदौ २७ र २८ मा तोकिएको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्थायी कमिटी बैठक भदौ २५ र २६ गते तथा केन्द्रिय कमिटी बैठक २७ र २८ गते गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यसैगरी स्थानीय तहमा कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ ।

यस्तै बैठकले यसअघि विवाद समाधान कार्यदलले प्रस्तुत गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनमा सहजीकरणका लागि एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, घनश्याम भुसाल, लेखराज भट्ट र सुरेन्द्र पाण्डे रहनुभएको छ ।

एमाले भित्रका सबै कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन बैठकले निर्देशन दिँदै दल दर्ताको प्रक्रियालाई रोकेर माधव नेपाल समूहलाई एमालेमा फर्किन समेत आग्रह गरेको छ ।

एमालेमा लामो समयदेखि असन्तुष्ट रहँदै आउनुभएका नेताहरू पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP