
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरुलाई ब्यंग्य गर्दै ट्विट गरेका छन्। ट्विटमा डा भट्टराईले एमालेका दोस्रो पुस्ताका नेताहरुलाई सत्तरी आसपासका बुढा नेताहरूको जति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएको भनेका छन्।
उनले ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? भन्दै व्यंग्यात्मक प्रश्न गरेका छन्।
ट्विटमा डा भट्टराईले भनेका छन्, ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै! बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला! ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र? चुनाव चिन्ह नै पार्टी हो र? खै चेत?’
हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आॅट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र?खै चेत?
— Baburam Bhattarai (@brb1954) August 24, 2021