मंगलबार , बैसाख ९, २०८२

नेकपा एमाले स्थायी कमिटी बैठकले विभाजनका क्रममा जानेहरु फर्किएमा कुनै कारबाही नगरिने निर्णय गरेको छ । आज बसेको बैठकले विभाजन गरी जानेहरुलाई फर्कन आग्रह गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले कारबाही नगरिने बताए ।

उनले भने, ‘विभाजन परित्याग गरी फर्कनेहरुलाई पूर्वाग्रह, भेदभाव नराखी कुनै किसिमको कारबाही समेत गरिने छैन ।’ ज्ञवालीले पार्टी विभाजनबाट फर्कन आग्रह समेत गरे ।

एमालेको आजको बैठकको निर्णयसँगै माधवकुमार नेपाल फर्किए पनि कारबाही हुनेछैन । यो निर्णयसँगै एमाले विभाजनको पक्षमा गएकाहरुलाई फर्काउन पहल भएको बुझिएको छ ।

यसैगरी, माधव नेपालले नयाँ ढंगले बढिसकेकाले नफर्कने स्पष्ट पारिसकेका छन् । उनले चन्द्रागिरीमा बोल्दै अब सशक्त ढंगबाट बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP