मंगलबार , बैसाख २९, २०८३

इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ ।

वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको दोस्रो हप्तापछि लिखित परीक्षा लिने तयारी समेत गरेको छ ।

विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिए ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको अन्तवार्ता समेत लिइने छ । यसरी लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको उनले जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP