मंगलबार , बैसाख ९, २०८२

अफगानिस्तानबाट सोमबार १ सय ४९ नेपाली काठमाडौं आइपुगेका छन्। योसहित अहिलेसम्म कुल ६ सय ५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भएर नेपाल आइपुगेका छन्।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीको उद्धार र स्वदेश फिर्ती जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र  कतार एयरको उडानबाट १ सय ४ जना स्वदेश फर्किएका छन्।

काठमाडौं उत्रिएका उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारी होल्डिङ सेन्टरमा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।अफगानिस्तानबाट उद्धार गरिएका कैयौं नेपाल दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका र उनीहरूलाई स्वदेश ल्याउन प्रयास गरिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

परराष्ट्रको वेब पोर्टलमा सोमबार बेलुकी ५ बजेसम्म थप ३ सय ६१ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। काबुलमा नागरिक उड्डयन सेवाको जहाज अवतरण अनुमति नपाएकाले त्यहाँ रहेका बाँकी नेपालीको उद्धारका लागि अमेरिका, बेलायतलगायत मित्रराष्ट्रसँग सहकार्य र समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP