शुक्रबार , भाद्र १२, २०८३

दक्षिण एसियाली खेलकुदको तेह्रौं संकरणमा इतिहास कायम गर्न सफल बक्सिङ खेलले फेरि एकपटक जुनियर तथा युथ बक्सिङमा ऐतिहासिक सफलता दिलाएको छ ।

यहि अगस्ट २० देखि ३१ सम्म दुबईमा सञ्चालन भैरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गतको क्वार्टरफाईनल खेलमा कुवेतका प्रतिद्वन्द्वी मोहमदलाई पराजित गर्दै छिरिङ वाङ्दी शेर्पाले ५–० को  अन्तरले जित हात पारे ।

अब छिरिङले अर्को भिडन्त काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासँग सेमिफाइनलमा गर्नछन् । यसैगरी नेपालका दुई महिला मुक्केबाजहरू स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का  भैसकेको हो ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनारले इरानी प्रतिद्वन्द्वीलाई पहिलो राउण्डमा हराएपनि दोस्रो र तेस्रो राउण्डमा भने पराजित भए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजसँग आरएससीको आधारमा पराजित भए । अर्का युवा मुक्केबाज सुलभ मालीले ५४ किलो तौल समूहमा सोमबार इरानी प्रतिद्वन्द्वी अलियस्घसँग प्रतिष्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP