शुक्रबार , भाद्र १२, २०८३

नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमकाे जर्सीकाे मुख्य प्रायाेजक माइसेकेन्ड टिचरले साेमबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेकाे हाे । जर्सी डिजाइनमा ५०० जनाकाे आवेदन परेकाेमा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट भएकाे हो ।

क्यानले छनोटका लागि ४ सदस्यीय समिति बनाएको थियो । जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र माइसेकेन्ड टिचरबाट एक जना प्रतिनिधि रहेका थिए ।

जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको क्यानले जनाएकाे छ ।

नेपालले आगामी सेप्टेम्बरमा ओमानमा क्रिकेट विश्वकप लिग २ सिरिज खेल्दैछ । त्यसअघि पपुवा न्यूगिनीसँग दुई ओडीआई म्याच खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP