बिहिबार , जेठ २, २०८२

अफगानिस्तानको पंजशीर घाटी अब अफगानिस्तानमा तालिबान विरुद्ध प्रतिरोधको अन्तिम इलाका हो ।

यहाँ अहमद मसूदको नेतृत्वमा तालिबान विरोधी शक्तिको एउटा मोर्चा उदाइरहेको देख्न सकिन्छ ।

पंजशीरमा संगठित भइरहेका तालिबान विरोधी मोर्चाका प्रवक्ताका अनुसार उनको गुट ‘युद्ध अघि कुराकानीमार्फत् शान्ति स्थापना गर्न चाहन्छ’ ।

नेशनल रेजिस्टेन्स फ्रन्टका सदस्य अली नजिरीले बीबीसीसँगको कुराकानीमा तालिबान विरोधी नेता मरहूम अहमद शाह मसूदका छोरा अहमद मसूदको नेतृत्वमा हज्जारौं लडाकू त्यहाँ जम्मा भएको जानकारी दिए ।

नजिरीले तालिबानसँग सार्थक कुराकानीको महत्वमा जोड दिँदै भने, ‘अहमद मसूदका साथी युद्धका लागि तयार छन् ।’

उनले भने, ‘नेशनल रेजिस्टेन्स फ्रन्टको मान्यता यो छ कि स्थायी शान्तिका लागि अफगानिस्तानको मूलभूत समस्याको समाधान आवश्यक छ । मुलुकमा हामी पछिल्लो ४० वर्ष वा सय वर्ष वा २०० वर्षदेखि जुन बाटोमा हिँडिरहेका थिए, हामी त्यो बाटो मा अब हिँड्न सक्दैनौं ।’

उनले देशको सबैभन्दा ठूलो समस्या केन्द्रीकृत राजनीतिक व्यवस्था भएको बताएका छन् ।

‘अफगानिस्तान विभिन्न जातीय अल्पसंख्यकको देश हो । यो थुप्रै संस्कृतिको घर हो । यहाँ सत्तामा साझेदारीको आवश्यकता हो । सत्ताको यस्तो विभाजन जहाँ हरेकले आफूलाई सरकारमा देख्न सकून् । यदि कुनै राजनीतिक शक्ति हानी हुन चाहन्छ भने त्यो चाहे जहिलेसुकै होस्, त्यसले गृहयुद्धलाई बढाउनेछ र हालको लडाईं जारी रहनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु