मंगलबार , बैसाख २९, २०८३

सबिन बराल / डार्विन

एनआरएनए अस्ट्रेलियाले तनहुँ पुलिमराङका क्यान्सर पिडित ३२ वर्षिय प्रकाश गुरुङका लागी ४ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ । हाल चितवन भरतपुर १८ गुन्जानगर बस्दै आएका क्यान्सर पिडित गुरुङको उपचारको लागी अस्ट्रेलियाबाट उक्त रकम सहयोग हस्तान्तरण गरेको हो।

एनआरएनए – एनटिका  बर्तमान उपाध्यक्ष सन्जिव  ढकाल (गोर्खाली) को नेतृत्वमा उक्त रकम जम्मा गरिएको हो। हालसालै सम्पन्न NRNA-NT  को चुनावमा सबै भन्दा बढी मत ल्याई विजय हुन सफल ढकाल पहिले देखिनै सामाजिक कार्यमा आग्रसर थिय।

एनआरएनए – एनटिका  उपाध्यक्ष हुदा होस् वा कुनै पदमा नहुदा पनि नेपालमा  निकै धेरै सामाजिक कार्य, सहयोग गरेको उनको बिगत बाट पनि थाहा पाउन सकिन्छ।  उनलाई नजिकबाट चिन्ने साथी भाइ भन्छन, परेकालाइ सहयोग गर्ने र कहिलै पनि त्यो कार्यको चर्चा परिचर्चा नगर्ने उनको स्वभाव छ।

संजिव  भन्छन, “यो रकम संकलन गर्न मलाई साथ दिने   NRNA -NT का अध्यक्ष  बिष्णु चापागाई संगै सम्पूर्ण पदाधिकारीहरु, समाजसेवी जगत थापा संगै आफ्नो कमाइबाट यो अभियानको लागि रकम सहयोग गर्ने सम्पूर्ण अस्ट्रेलियाबासी संगै अझ बढी डार्विनमा रहनु हुने सबैलाई धन्यबाद दिन चाहन्छु। यस्तै साथ र सहयोग आउदा दिनमा पनि दिनु हुनेछ भन्ने बिस्वाश गर्दछु। ”   

भारतपुर न.पा. वार्ड न. १८ मा अवस्थित उनकै निवाशमा गई नेपाली काङ्ग्रेस चितवनका पुर्व सभापति टेक प्रसाद गुरुङ, भरतपुर १८ का वडा अध्यक्ष दिपक लामा,समाजसेवी भैरव प्रसाद ढकाल, नेपाली कांग्रेस भरतपुर ५ वार्डका सभापति विष्णु प्रसाद धिताल र शिक्षक संगठन चितवनकी उपाध्यक्ष सिता शर्मा ढकालको बिशेष उपस्थितिमा जननी चार लाख रकम हस्तान्तरण गरिएको थियो।

छोराको उपचारको लागि कसरी रकम जम्मा गरौ भन्ने तनाबमा रहेकी प्रकाश गुरुङ्गकि आमा उक्त रकम पाय पछि खुशी हुदै रकम दिने सबैलाई मन देखिनै धन्यबाद दिएकी थियिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP