बुधबार , अषोज २८, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दलहरुबीच सरकारलाई विस्तार गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । अब नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकिकृत समाजवादी खोल्न लागेका माधवकुमार नेपालको दल दर्ता भए लगत्तै सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।

निर्वाचन आयोगले यो दल दर्ताको प्रमाणपत्र आगामि बुधबार दिनसक्ने अनुमान गरिएको छ । ९ भदौका लागि निर्वाचन आयोगले प्रस्तावित एकिकृत समाजवादीका नेताहरुलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको छ ।

यसअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको यो समूहबाट सरकारमा अब ६ जना मन्त्री हुने भएका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसलाई ७ र सत्ता साझेदार माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहलाई १८ मन्त्रालय बराबरी रुपमा भाग लगाउने भएका छन् ।

‘सरकार विस्तारको काम सम्भवतः यही साताको अन्त्यमा वा अर्को साताको सुरुवातमा नै भइसक्छ,’ देउवानिकट एक कांग्रेस नेताले  भने, ‘सरकारमा आउन माधवकुमार नेपाल समूहलाई कुरिरहेकाले पनि अहिलेसम्म सरकार विस्तार हुन नसकेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP