शुक्रबार , भाद्र १२, २०८३

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले सन्यास लिएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज खेल्दैछ।

साउन १९ गते सन्यास लिएका पारसले करिब एक दशक राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। सन् २००४ मा मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका पारसले २००८ देखि २०१९ सम्म नेपाली टोलीको नेतृत्व सम्हालेका थिए।
सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले गत साउन १९ गते पूर्णविराम लगाउँदै व्यवस्थापकमा जाने निर्णय गरेका छन्।

१७ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोली पारसबिना मैदान उत्रने तयारीमा छ। पारसको सन्यासपछि पनि युवा टोलीको साथमा राम्रो खेल पस्कनेमा विश्वस्त छ।

पारससँगै जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टोलीसम्म र विभागीय टोली एपीएफमा पनि सँगै खेलेका कप्तान ज्ञानेन्द्र मल्लले उनको अनुपस्थितिले टोलीमा फरक पर्ने बताए।

‘पारसको उपस्थितिले नेपाली टोलीको लागि मात्रै हैन प्रतिस्पर्धी टोलीको लागि पनि धेरै फरक पार्छ’, कप्तान मल्ल भन्छन्, ‘पारसको अनुपस्थितिले जिम्मेवारी थपिएको महसुस गरेको छु। उनको योगदानको कोहीसँग तुलना गर्न सकिँदैन।’

तर अब पारसको ठाउँ लिनका लागि युवा पुस्तालाई अवसर भएको शरद भेषावकरले बताए।

‘पारसको उपस्थिती महत्वपुर्ण थियो। पारसले मैदानमा जसरी खेलाडीलाई लिड र मोटिभेट गर्थे त्यो सधैँ सम्झन्छौं’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP