
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले सन्यास लिएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज खेल्दैछ।
साउन १९ गते सन्यास लिएका पारसले करिब एक दशक राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। सन् २००४ मा मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका पारसले २००८ देखि २०१९ सम्म नेपाली टोलीको नेतृत्व सम्हालेका थिए।
सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले गत साउन १९ गते पूर्णविराम लगाउँदै व्यवस्थापकमा जाने निर्णय गरेका छन्।
१७ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोली पारसबिना मैदान उत्रने तयारीमा छ। पारसको सन्यासपछि पनि युवा टोलीको साथमा राम्रो खेल पस्कनेमा विश्वस्त छ।