सोमबार , अषोज २६, २०८३

नेपाल क्रिकेट संघ क्यानले आसन्न महिला टी २० विश्वकपको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

लामो समयपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाली महिला टिमको प्रशिक्षणका लागि क्यानले पहिलो चरणको नाम सार्वजनिक गरेको हो ।

टिममा अनुभवी खेलाडी बिनु बुढामगरले कमब्याक गरेकी छिन । उनी करिव एक दशक नेपाली क्रिकेटबाट टाढा रहेकी थिइन । चैतमा भएको ललितपुर मेयर कप वमन्स च्याम्पियनसिपमा उनले घरेलु प्रतियोगितामा कमब्याक गरेकी थिइन । जसमा उनी उत्कृष्ट बलर बनेकी थिइन । क्यानले प्रधाममन्त्री कप र मेयर कपका आधारमा बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी बोलाएको हो ।

जसमा रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी र सरिता मगर छन ।

मलेसियामा नोभेम्बरमा हुने प्रतियोगिता २३ देखि २८ सम्म हुनेछ । यो प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले ग्लोबल छनौटमा स्थान बनाउनेछ ।

यो प्रतियोगितामा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार, यूएईसँगै नेपालले खेल्नेछ । यो प्रतियोगिता यसअघि मे महिनामा हुने भनिएपछि कोभिडका कारण नोभेम्बरमा सरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP