मंगलबार , अषोज २७, २०८३

अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि त्यहाँबाट विभिन्न देशका नागरिकले देश छाड्ने क्रम जारी छ। सोही क्रममा कतार हुँदै नेपालीहरु पनि आउने क्रम जारी रहेको छ। सरकारले अफगानिस्तानबाट स्वदेश आउन चाहनेहरुका लागि सम्पर्क गर्न सहजीकरण गरिरहेको जनाएको छ।

तालिवानले पनि देश छाड्न चाहनेहरुलाई कुनै बाधा नदिने जनाएको थियो। अगस्ट १५ मा अफगानिस्तान तालिवानले कब्जामा लिएको थियो।

सोही क्रममा काबुलबाट ताजकिस्तान पुगेका दुई नेपाली एअर इन्डियाको जहाजबाट फर्किँदैछन्। उनीहरु भारतको नयाँ दिल्ली पुगेर काठमाडौं आइपुग्ने बताइएको छ। उनीहरु ताजकिस्तानमा कसरी पुगे भन्ने कुनै कुरा खुलाइएको छैन।

भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीका अनुसार दुइ नेपाली एअर इन्डियाको विमानबाट ताजकिस्तानबाट नयाँ दिल्ली आउँदैछन्। उक्त विमानमा ८७ जना भारतीय रहेको उनले ट्वीट्मार्फत जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP