मंगलबार , बैसाख २९, २०८३

मेलम्ची खानेपानी आयोजनामा प्रयोग  भएका  ३३  वटा  गाडी  आयोजना  निर्माण  कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका  सूचना  अधिकारी  तथा  इन्जिनियर  राजेन्द्रप्रसाद पन्तले आयोजना सम्पन्न नगरी भागेको निर्माण कम्पनीले आफूले भुक्तानी गर्न बाँकी रहेका सहायक  निर्माण  कम्पनी  तथा  सप्लायर्सहरूलाई  ती  गाडी दिएको तर कम्पनीले त्यसबारे समितिलाई कुनै जानकारी नगराएको बताए । सीएमसीले अधिकांश गाडीहरू बिरा मोटर्सलाई दिएको छ । हाल ती गाडीहरू सीएमसीको नाममा छैनन् ।

उनले भने, “सीएमसीले बीचैमा काम छाडेर हिँडेपछि त्यसका सबै उपकरण आयोजनाको हुनुपर्दछ तर ती गाडीहरू पहिल्यै उसले अरूको जिम्मा  लगाएको  रहेछ  ।  दर्जनौँ  टिप्पर  थिए,  कम्पनीले सबै गाडी पहिल्यै व्यवस्थापन गरिसकेको पाइएको छ । मेलम्ची  खानेपानी  आयोजना  र  सीएमसीको  हिसाब  अझै  स्पष्ट  छैन  । मुद्दा  चलिरहेको  छ  ।”  समितिका अनुसार गाडी, टिप्पर र केही औजार बिरा मोटर्सले  आफ्नो  दाबी  गरेको  छ  ।  त्यसैमा  मुद्दा  परेको  छ  । महालेखा  परीक्षकको  ५८औँ  वार्षिक  प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजनाले बैङ्क ग्यारेन्टी  सुविधा  उपयोग  गरी  कुल  ४५  थान  गाडी  आयात गरेको छ ।

ती गाडीमध्ये निर्माण कम्पनीले ३३ वटा बिक्री गरेको छ भने बाँकी गाडीका बारे मेलम्ची आयोजनालाई जानकारी छैन । हेडबक्स तथा सुरुङ निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले किनेका १० वटा प्राडोसहित २७ वटा गाडी छन् ।

ती गाडीको उपयोग  र  अवस्थाबारे  कार्यालयलाई  जानकारी  नभएको उल्लेख गरी महालेखालाई समितिले विवरण दिइएको थियो ।गाडीको  प्रयोग  र  दाबीमा  विवाद  भएपछि  अदालतमा  मुद्दा  विचाराधीन  रहेको  महालेखाको  प्रतिवेदनमा  उल्लेख  छ  तर  बिरा  मोटर्सले  भने  कम्पनीसँग सम्झौता गरेर गाडी किनेको जनाएको छ । बिरा मोटर्सका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठले भने, “एउटा मुद्दा डेढ वर्षअघि सकिएको हो । हामीले  कम्पनीसँग  गाडी  किनेका  हौँ  ।  ३३  वटा  गाडीमा २२ वटा लिई सक्यौँ ११ वटा ल्याउन बाँकी छ । ल्याउन बाँकी गाडीको हामीले दाबी गरिरहेका छौँं ।” बाँकी गाडीहरू मेलम्ची आयोजनामा रहेको उनले बताए ।

यो समाचार गोरखपात्र दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP