मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ ०६ गते । आइतबार । ईश्वी सन् २०२१ अगष्ट २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– पूर्णिमा, बेलुकी ०५ बजेर १३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– धनिष्ठा, बेलुकी ०८ बजेर २९ मिनेट उप्रान्त शतभिषा । योग– शोभन, दिउसो १२ बजेर १४ मिनेट उप्रान्त अतिगण्ड । करण– भद्रा, बिहान ०५ बजेर ४४ मिनेट उप्रान्त बव, बेलुकी ०५ बजेर १३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मकर, बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त कुम्भ ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३८  मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी १९ पला । पूर्णिमा । ऋृषितर्पणी । रक्षाबन्धन । व्याजाँनके । गुँपुन्हि । मानसव्रत समाप्ती । पशुपतिनाथ,ल.पु. कुम्भेश्वर,गोसाइँकुण्ड सोलु दुधकुण्ड,जनकपुर धनुषसागर आदि स्थानमा मेला ,डडेलधुरा भागेश्वरजाँत, संस्कृत दिवस, मुक्तिनाथ यार्तुङ, डोलेश्वर उत्सव,सिंजाकुलायान पूजारम्भ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा दाजुभाइबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सम्मानित काम सम्पादन गर्न सकिनेछ भने रुपैयाँ पैसा प्रशस्त कमाउन सकिनेछ । व्यापार व्यवसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लगनशील तथा ईमान्दारीताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ ।  मध्यान्हबाट समय मध्यम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्राका क्रममा उपलब्धि मूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइ विभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरू गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले छोटो दुरीको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी लामो समयसँगै बसेर भलाकुसारी गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  काम गरी अरूलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP