मंगलबार , बैसाख १६, २०८२

नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको निधन भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७३० आरटी पिसिआर र ५ हजार ४७२ एन्टिजेन गरी कुल १३ हजार ७५ जनामा परीक्षण गरिएकोमा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार १५ जना होम आइसोलेसनमा, ३ हजार ३०६ संस्थागत आइसोलेसनमा र ४२३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७१८ जना र भेन्टिलेटरमा १६६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुनिबार देशभरबाट २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ । निको हुने दर ९३.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु