मंगलबार , अषोज २७, २०८३

नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको निधन भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७३० आरटी पिसिआर र ५ हजार ४७२ एन्टिजेन गरी कुल १३ हजार ७५ जनामा परीक्षण गरिएकोमा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार १५ जना होम आइसोलेसनमा, ३ हजार ३०६ संस्थागत आइसोलेसनमा र ४२३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७१८ जना र भेन्टिलेटरमा १६६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुनिबार देशभरबाट २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ । निको हुने दर ९३.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP