शुक्रबार , भाद्र १२, २०८३

नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ ।

हाल पोखरामा नेपालले तयारी गरिरहेको छ । त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो गल्ती हुने र जितेमा खेलाडीलाई श्रेय जाने बताए । ‘नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन । त्यसैले साफ हाम्रा लागि धेरै महत्वपूर्ण छ । तर खेलाडीलाई दबाब नदिऔं । यदि साफमा हार्‍यौं भने मेरो गल्ती हुनेछ । जित्यौ भने सबै श्रेय खेलाडीलाई जानेछ ।’

प्रशिक्षक अलमुताइरीले यसअघि पनि बारम्बार नेपालले साफ जित्नुपर्ने बताउँदै आएका छन् ।

यस पटक पाँच टिम मात्र सहभागी भएकोले सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

नेपालले अहिलेसम्म साफको फाइनलमा समेत स्थान बनाउन सकेको छैन । त्यसले पहिलो लक्ष्य नेपालको फाइनल पुग्ने नै हुनेछ ।

१३औं संस्करणको साप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ । जहाँ नेपालले पहिलो खेलमै घरेलु टोलीसँग खेल्नेछ । पहिलो खेल जहिले पनि कठिन नै हुन्छ । त्यसैले प्रशिक्षक पनि यसबाट सचेत छन् । ‘साफको पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछौं । यो हाम्रो लागि कठिन खेल हो । किनभने माल्दिभ्स आयोजक हो र साथै डिफेन्डिङ च्याम्पियन पनि हो । उनी उपाधि रक्षामा लाग्नेछन् ।’

नेपालले अक्टोबर १ (असोज १५) मा माल्दिभ्संग उद्घाटन खेल खेल्दै साफको यात्रा सुरु गर्नेछ । त्यसपछि अक्टोबर ३ (असोज १७) मा श्रींलकासंग खेल्नेछ । अक्टोबर ८ (असोज २२) मा भारतसँग र अक्टोबर ११ (असोज २५) मा बंगलादेशसंग खेल्नेछ ।

नेपाल पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा सेमिफाइनलबाटै बाहिरिएको थियो । उपाधिको दाबेदार रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो ।

यस पटक नेपालको त्यो हारको बदला उसकै घरमा समेत लिन चाहन्छ । पछिल्लो साफ पछि नेपाल र माल्दिभ्स साफमै फेरि भिड्न लागेका हुन् ।

नेपालले साफअघि दशरथ रंगशालमा भारतसंग सेप्टेम्बर २ र ५ (असोज २ र ४ गते) मा मैत्रीपूर्ण खेल खेल्दैछ ।

फोटो : एन्फा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP