शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालको राजनीति निर्वाचन उन्मुख भएको बताउनुभएको छ ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमाले र ओलीको नेतृत्वमा चुनाव भयो भने दुई तिहाइ बहुुमत ल्याउने डरले आत्तिएकाहरुले अलोकतान्त्रिक गठबन्धन बनाएको दाबी गर्नुभये । तर अब आउने चुनाव एमालेको हुने उहाँको भनाइ थियो ।

भोट माग्न सबै दललाई छुट भए पनि अस्थिरताका मतियार, भ्रष्टाचार र अलोकतान्त्रिक दलहरुलाई जनताले भोट दिन्छन् भन्ने नसोचे हने ओलीको दाबी थियो ।

आफू नेतृत्वको सरकारको लोकप्रियता देखेर नेकपा एमालेलाई कमजोर बनाउन र ध्वस्त बनाउन शक्तिहरु लागिपरेको उहाँको भनाइ थियो । तर ओली भन्नुभयो एमाले कर्कलाको पानी होइन, हावा चल्दैमा खसिहाल्ने । सुखी नेपाली समृद्ध नेपालको सपना बोकेर अघि बढेको पार्टी हो । जेलनेल भोगेर अघि बढेका नेताहरुको पार्टी हो ।

जहाँ नेपाली पुगेका छन् त्यहाँ नेकपा एमाले छन् भन्दै अध्यक्ष ओलीले २० प्रतिशत चोइटिदैमा एमालेलाई केही नहुने बताउनुभयो । एक दुई दिनमा १० प्रतिशतमा सीमित हुने उहाँको भनाइ थियो ।

एमालेका विरुद्ध सिंगो सरकार लागिपरेको बताउदै उहाँले संविधान र लोकतन्त्र विरोधी सरकारको गतिविधि महँगो पर्ने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP