मंगलबार , बैसाख २९, २०८३

आषिस घिमिरे, अस्ट्रेलिया

चाहे समाजको अगुवा, घरको अगुवा होस् या देशको अगुवा किन नहोस् उसले नीतिशास्त्रको पालना गर्नुपर्छ । देशलाई माया गर्नु एउटा आदरणीय काम हो । तर हामी सिमानामा पुगेपछि किन देशलाई माया गर्न छाडछौं ।‘जय नेपाल’ शब्दको खास उत्पत्ति हेर्ने हो भने राजा त्रिभुवनकै पालामा राणाशासन विरुद्धको संघर्षमा शहिद शुक्रराज शास्त्रीले प्रयोग गरेका थिए । तत्कालीन शासकले फाँसी दिने क्रममा तिम्रो अन्तिम इच्छा के छ रु भनेर सोध्दा शास्त्रीले ‘जय नेपाल’ जय नेपाल भनेका थिए । त्यही बेलादेखि नेपाली समाजमा यो शब्दको प्रयोग हुँदैआएको हो ।

पछि कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिमा यो नै मुख्य नारा बनेको थियो । तत्कालीन क्रान्तिका मुक्ति सेनालाई आन्दोलन पछि प्रहरीमा समायोजन गरेपछि नेपाल प्रहरीले पनि जय नेपाल अभिबादन शुरु गरेका हुन।आज पनि यथावत छ र रहीनेछ । कांग्रेसले सोही बेलादेखि भेटघाट, औपचारिक कार्यक्रम तथा लिखित दस्तावेजमा समेत यही शब्दको प्रयोग लाई अभिवादन गर्ने माध्यम बनायो । ऐेतिहासिक सन्दर्भ हेर्दा जय नेपाल भन्ने शब्द सम्बोधन को सुरुवात शुक्रराज शास्त्रीले प्रवचन गर्ने क्रममा सुरु र अन्त्यमा प्रयोग गर्दथे भन्ने पाइएको छ । त्यस्तै क्रान्तिकारी कवि गोपाल प्रसाद रिमाल लगायतका तत्कालीन युवाहरु भेट हुँदा र छुट्टिदा जय नेपाल को अभिवादन गर्दथे । वि।स।१९९७ साल मा शुक्रराज शास्त्री लाई फाँसी को बेला राणा हरु ले अन्तिम इच्छा को लागि सोध्दा उहाँ ले जय नेपाल शब्द उच्चारण गर्नु भएको थियो । २००७ साल मा नेपाली काँग्रेस ले नेतृत्व गरेको क्रान्तिमा जय नेपाल को नारा घन्काएका थिए । सोहि नारालाई विराटनगर बाट सन्चालित प्रजातन्त्र रेडियो बाट यो नारा बजाउँदा नेपाली जनतामाझ अझ लोकप्रिय बन्न पुग्यो । यसै बाट नेपाली काँग्रेस मा पनि आफ्ना नेता तथा कार्यकर्ता हरु बीच एक आपसमा समानता र सद्भावपूर्वक अभिवादन गर्न को लागी जय नेपाल शब्द प्रयोग गर्ने प्रचलन बस्यो र यो प्रचलन अहिले सम्म निरन्तर चलिरहेको छ चलिरहने छ ।

यसरी जय नेपाल भनेर सम्बोधन गर्दा सिङ्गो नेपाल को कल्याण होस् ,जय होस भन्ने अर्थ झल्किन्छ । त्यसै ले जय नेपाल भन्ने शब्द कसैको पेवा वा बिर्ता होईन । हरेक जो कोहिले नि निसंकोच बोल्न पाउँछन्। जय नेपाल कम्युनिष्टसाथीहरुले अभिवादनका क्रममा ‘लालसलाम’ शब्दको प्रयोग गर्ने गर्दछन् । केही दिन अघि जय नेपाल शब्दप्रति सरकारकै प्रवक्ताले आपत्ति जनाएपछि कांग्रेसले पनि ‘लाल सलाम’ आयातित शब्द भन्दै त्यस्ता शब्दमा मोह हुनेहरुलाई ‘जय नेपाल’को अर्थ थाहा नहुनु स्वाभाविक भएको टिप्पणी काँग्रेसले गरेको थियो । अन्त्यमा भेटघाट हुदा म जय नेपाल भन्छु कतिपय अकमक्क परेको पाउछु कतिले त जय लाल, कतिपयले नेपालको जय होस भन्नू हुन्छ।अब शुरु गरम म भन्छु जय नेपाल कमरेड जय नेपाल ।। तपाई नि भन्नुस् कमरेड जय नेपाल ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP