मंगलबार , अषोज २७, २०८३

हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ। हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरू लिएर हिँडेको बताइएको छ।

अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेको हो। जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन। रिपोर्टअनुसार हक्कानी नेटवर्कका झन्डै ६ हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएको जनाइएको छ। यसको नेतृत्व हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनस हक्कानीले गरेका छन्।

यसैबीच, अफगानिस्तानको बदलिँदो परिस्थिति माझ भारतका विदेशमन्त्री एस जयशंकरले चरमपन्थी संगठन हक्कानी नेटवर्कको गतिविधिबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा मुद्दा उठाएका छन्। उनले भनेका छन्, ‘पाकिस्तानमा आधारित लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदजस्ता चरमपन्थी संगठनले निर्भयतासँग प्रोत्साहित हुँदै काम गरीरहेका छन्।’

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँग क्रुरता देखाइरहेको छ। बिहीबार मात्र तालिबानले भारतसँग व्यापार पनि बन्द गरिसकेको खबर बाहिरिएको थियो।  जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP