आइतबार , जेठ २६, २०८२

अमेरिकी सेनाको जहाजबाट खसेर ज्यान गुमाउन एक जना अफगानी फुटबलर भएको खुलेको छ। काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए।

ती मध्ये एक जना १९ वर्षीय जकी अनवरी रहेको खुलेको छ। उनले अफगानिस्तानको नेसनल युथ टिममा फुटबल खेलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको बारेमा थप विवरण भने खुलाइएको छैन। न्युयोर्क टाइम्सले भने उनी १७ वर्षको रहेको उल्लेख गरिएको छ।

द अफगान स्पोर्ट सोसाइटीले उनको मृत्युबारे पुष्टि गरेको समाचारहरुमा जनाइएको छ। त्यसैगरी सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्को डाक्टर भएको बताइएको छ। भारतीय समाचार पोर्टल भास्करका अनुसार सैफुल्ला होतक नामक डाक्टरको सोही विमानबाट खसेर मृत्यु भएको हो। उनको साथमा जन्मदर्ताको प्रमाणपत्रसमेत भेटिएको भास्करले दाबी गरेको छ।

अमेरिकी सेनाको उक्त जहाजमा ६४० जना अफगानी शरणार्थी रहेको थियो। उक्त जहाज कतारमा अवतरण भएको थियो। भोलिपल्ट विमानको पाङ्ग्रामा मानव अंग भेटिएको अमेरिकी एअर फोर्सले जनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP