मंगलबार , बैसाख ९, २०८२

मनसुनी प्रभावका कारण  शुक्रबार देशभर  सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार दिउँसो आज धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ।

दिउँसो देशभर बदली रही  प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा साममन्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षासँगै देशका अधिकांश स्थानमा बाढी तथा पहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP