शनिबार , भाद्र १३, २०८३

राष्ट्रपतिले हिजो जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बिरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज मसाल जुलुस निकालेको छ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि जुलुस निकालिएको हो ।

जुलुसमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बझाङ–काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष सुरेश घर्ती,केन्द्रीय सदस्य भक्त कुँवर, आरआर क्याम्पसका विद्यार्थी नेता उज्ज्वल खड्कालगायत तीन दर्जन विद्यार्थी सहभागी थिए ।

जुलुसमा सहभागी विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।

यता ताहचलस्थित महेन्द्र रत्न क्याम्पसअगाडि पनि एमाले सम्बद्ध अनेरास्ववियुका कार्यकर्ताले अध्यादेश विरुद्ध प्रदर्शन गरेका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरुले अध्यादेश जलाएका हुन् ।

केन्द्रीय सचिवालय सदस्य पंकज भण्डारीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा ताहाचल इकाइ कमिटीका अध्यक्ष लोकेन्द्र बोहरा, अनेरास्ववियुका नेता संगम जेठारालगायत सहभागी थिए । जुलुसमा हस्तक्षेप गर्दै प्रहरीले मसाल नियन्त्रणमा लिएको थियो।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज पोखरामा पनि राँके जुलुस निकालेको छ । पोखराको पृथ्वीनारायण क्याम्पस अगाडि अनेरास्ववियु कास्कीको आयोजनामा राँके जुलुस निकालिएको हो । अनेरास्ववियु कास्कीका अध्यक्ष विजय पौडेलको नेतृत्वमा निस्केको जुलुसमा झन्डै पाँच दर्जन विद्यार्थी सहभागी थिए । सो क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको थियो । अखिलका कार्यकर्ताले उग्र नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षप गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP