मंगलबार , बैसाख ९, २०८२

राष्ट्रपतिले हिजो जारी गर्नुभएको राजनीतिक दलसम्बन्धी अध्यादेशको बिरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज मसाल जुलुस निकालेको छ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि जुलुस निकालिएको हो ।

जुलुसमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बझाङ–काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष सुरेश घर्ती,केन्द्रीय सदस्य भक्त कुँवर, आरआर क्याम्पसका विद्यार्थी नेता उज्ज्वल खड्कालगायत तीन दर्जन विद्यार्थी सहभागी थिए ।

जुलुसमा सहभागी विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।

यता ताहचलस्थित महेन्द्र रत्न क्याम्पसअगाडि पनि एमाले सम्बद्ध अनेरास्ववियुका कार्यकर्ताले अध्यादेश विरुद्ध प्रदर्शन गरेका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरुले अध्यादेश जलाएका हुन् ।

केन्द्रीय सचिवालय सदस्य पंकज भण्डारीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा ताहाचल इकाइ कमिटीका अध्यक्ष लोकेन्द्र बोहरा, अनेरास्ववियुका नेता संगम जेठारालगायत सहभागी थिए । जुलुसमा हस्तक्षेप गर्दै प्रहरीले मसाल नियन्त्रणमा लिएको थियो।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज पोखरामा पनि राँके जुलुस निकालेको छ । पोखराको पृथ्वीनारायण क्याम्पस अगाडि अनेरास्ववियु कास्कीको आयोजनामा राँके जुलुस निकालिएको हो । अनेरास्ववियु कास्कीका अध्यक्ष विजय पौडेलको नेतृत्वमा निस्केको जुलुसमा झन्डै पाँच दर्जन विद्यार्थी सहभागी थिए । सो क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको थियो । अखिलका कार्यकर्ताले उग्र नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला जलाउन थालेपछि प्रहरीले हस्तक्षप गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP