शुक्रबार , भाद्र १२, २०८३

नेपालमा कोरोना संक्रमणवाट थप ३३ जनाको मृत्यु भएको छ भने ३ हजार ७५ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ हजार ४ सय ३८ जनामा गरिएको परीक्षणमा १८ दशमलव ७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बिहीबार काठमाडौं उपत्यकामा ८ सय ६७ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ६ सय ३९ ,ललितपुरमा १ सय २७ र भक्तपुरमा १ सय १ जना रहेका छन् ।

उपत्यकापछि झापा, मोरङ, सुनसरी, चितवन, कास्की र बागलुङ जिल्लामा बढी संक्रमण देखिएको छ ।

परीक्षणको तुलनामा भने कर्णाली प्रदेशमा बढी संक्रमित भेटिएका छन् । कर्णालीमा ७९ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २६ जनाले कोरोना संक्रमण जितेका छन् भने देशभर ७ सय ३९ आईसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल उपत्यकासहित २१ जिल्लामा ५ सय माथि संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP