नेपालमा कोरोना संक्रमणवाट थप ३३ जनाको मृत्यु भएको छ भने ३ हजार ७५ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप १६ हजार ४ सय ३८ जनामा गरिएको परीक्षणमा १८ दशमलव ७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बिहीबार काठमाडौं उपत्यकामा ८ सय ६७ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ६ सय ३९ ,ललितपुरमा १ सय २७ र भक्तपुरमा १ सय १ जना रहेका छन् ।
उपत्यकापछि झापा, मोरङ, सुनसरी, चितवन, कास्की र बागलुङ जिल्लामा बढी संक्रमण देखिएको छ ।
परीक्षणको तुलनामा भने कर्णाली प्रदेशमा बढी संक्रमित भेटिएका छन् । कर्णालीमा ७९ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २६ जनाले कोरोना संक्रमण जितेका छन् भने देशभर ७ सय ३९ आईसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल उपत्यकासहित २१ जिल्लामा ५ सय माथि संक्रिय संक्रमित रहेका छन् ।