आइतबार , जेठ १९, २०८२

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने अनुमान छ ।

अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् मानन्धरले बताउनुभयो । आज राति प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि वाग्मती प्रदेशसहित प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नेछ ।

अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने बङ्गालको खाडीमा बनेको निम्न चापीय प्रणालीको प्रभाव पनि परेकाले आज देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु