सोमबार , अषोज २६, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच पछिल्लो समय सम्बन्धमा चिसोपन बढ्दै गएको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि दुवै नेताबीचको सम्बन्ध थप तनावपूर्ण बनेको स्रोतहरूको दाबी छ।

राजनीतिक स्रोतका अनुसार प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउने विषयमा पार्टी सभापति रवि लामिछानेसँग समेत छलफल गरेका थिए। प्रधानमन्त्रीले सभापति लामिछानेको निवासमै पुगेर वाग्लेलाई हटाउने प्रस्ताव राखेको चर्चा भए पनि सभापति लामिछानेले तत्काल यस्तो निर्णय नगर्न र आपसी सहकार्यबाट अघि बढ्न सुझाव दिएको बताइएको छ।

यसैबीच, प्रधानमन्त्री शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई छ महिनाका लागि अर्थमन्त्री बन्न प्रस्ताव गरेको दाबी पनि सार्वजनिक भएको छ। असार ३२ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको करिब एक घण्टाको भेटमा यस्तो प्रस्ताव गरिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक गतिविधि विस्तार गर्ने तथा समग्र आर्थिक विकासलाई गति दिने उद्देश्यले पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका हुन्। गभर्नर पौडेलले भने उक्त प्रस्तावबारे तत्काल कुनै प्रतिक्रिया नदिएको बताइएको छ।

यदि पौडेलले प्रस्ताव स्वीकार गरेमा उनलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनयन गरेर अर्थमन्त्री नियुक्त गर्ने तयारी रहेको समेत स्रोतको दाबी छ।

प्रधानमन्त्री र गभर्नरबीच हालै भएको भेटमा सेयर बजारको स्थायित्व, लगानीकर्ताको आत्मविश्वास अभिवृद्धि, आगामी मौद्रिक नीतिलाई समयसापेक्ष र लचिलो बनाउने, बैंकिङ क्षेत्र सुधार, उद्यमशीलता प्रवर्द्धन तथा कर्जा प्रवाहलाई सहज बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

यसअघि पनि प्रधानमन्त्री शाहले रास्वपाकी सांसद विदुषी राणालाई अर्थमन्त्री बनाउने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो।

यद्यपि, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक वा सम्बन्धित पक्षबाट यी दाबीहरूको औपचारिक पुष्टि भने भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP