सोमबार , अषोज २६, २०८३

बढ्दो बजारवादसँगै महिलाहरूले प्राकृतिक सुन्दरताको लागि पनि धेरै उपायहरू अपनाउने गर्छन् । शरीरको विभिन्न अंगको सुरक्षा एवं सुन्दरताको लागि अनेक उपायहरू अपनाउने गरेको पाइन्छ । त्यसमध्येको एक हो प्युविक कपाल हटाउनु अर्थात् गुप्तांगको कपाल हटाउनु । विभिन्न कारणले महिलाहरूले आफ्नो गुप्तांगको रौं हटाउने गर्छन्। तर यसको फाइदाभन्दा धेरै बेफाइदा हुने गरेको स्त्रीरोग विशेषज्ञहरू बताउँछन् ।

गुप्तांगको रौं हटाउनुको पछि महिलाको व्यक्तिगत स्वभाव पनि कारक हुन सक्छ । महिलाको जननांग पुरुषहरुको जननांगभन्दा फरक छ । पुरुषको जननांग बन्द प्रकृतिको हुन्छ भने महिलाहरूको खुला प्रकृतिको हुन्छ । यसरी योनांगमा रहेको कपाल हटाउनुको फाइदा र बेफाइदाहरू तल उल्लेख गरिएको छ ।

किन प्युबिक कपाल हटाउने ?

सामाजिक धारणा

यो विश्वास गरिन्छ कि प्युविक कपाल हटाउनु राम्रो बानी हो । महिलाहरू प्युबिक कपाल हटाउँदा आफ्नो गुप्तांग बढी आकर्षक हुन्छ भन्ने विश्वास राख्छन् । मानिसहरूलाई शरीरका विभिन्न ठाउँमा आउने कपाल मन पर्दैन । त्यसैले पनि महिलाहरूले योनांगमा रहेको कपाललाई हटाउने प्रयास गर्छन् ।

पार्टनरको लागि

स्त्री रोग विशेषज्ञहरूका अनुसार धेरै महिलाहरू आफ्नो साथीको प्राथमिकताका कारण पनि योनांगको रौंलाई हटाउने गर्छन् । धेरै महिलाहरू पार्टनरको माग अनुसार यस्तो रौं हटाउने गर्छन् । यौन सम्बन्धको क्रममा पार्टनरले नराम्रो महसुस नगरून् भनेर पनि यस्तो रौंहरू हटाउने गर्छन्। यद्यपि यो धारणा पुरुषहरूमा कम पाइन्छ। उनीहरूले आफ्नो जननेन्द्रियको कपाल विरलै हटाउँछन्।

सरसफाइ कायम राख्न

स्त्री रोग विशेषज्ञहरू धेरै महिलाहरू स्वास्थ्यलाई ध्यान दिएर पनि यस्तो रौंहरू हटाउने गर्छन् । यी गुप्तांगको सुरक्षाको लागि पनि कपाल सहयोगी हुन सक्छ । तिनीहरूलाई हटाउनु भनेको संक्रमणको लागि मार्ग खाली गर्नु हो। सबैजनाको आफ्नै छनौट हुन्छ कि कपाल हटाउने कि राख्ने भन्ने व्यक्तिको सोचमा भर पर्छ ।

बढी संवेदनशीलता

यो विश्वास गरिन्छ कि गुप्तांगको रौं हटाएर सम्बन्ध बनाउँदा तिनीहरूको जननांग अधिक संवेदनशील हुन्छ । दोस्रो यसरी रौं हटाउँदा उनीहरु आफैँमा अझ युवा भएको महसुस गर्छन् । कतिपयले गुप्तांगमा रौं हटाउँदा त्यसले यौन सम्बन्धमा आनन्द दिने काम गर्छ । यद्यपि यस धारणामा कत्तिको सत्यता छ भन्ने बारेमा अध्ययन भने भएको छैन।

गुप्तांगको कपाल हटाउँदाको साइड इफेक्ट

गुप्तांगको कपालहरु किशोरावस्थादेखि नै पलाउन थाल्छन् । हटाउने वा नहटाउने भन्ने कुरा आफ्नै इच्छामा भर पर्न सक्छ । यसले निम्त्याउन सक्ने क्षतिबारे पनि थाहा पाउनुहोस् ।

योनीको वरिपरि पलाएको कपालले योनीलाई सुरक्षा प्रदान गर्छ । दोस्रो त योनीको भाग खुला रहन्छ। कपाल हटाए पछि कुनै पनि ब्याक्टेरियाहरू योनीमा प्रवेश गर्न सक्छन् । त्यस्तै योनीको रौं हटाउनको लागि जुन उपकरणको प्रयोग गरिन्छ । त्यसले योनीमा संक्रमण निम्त्याउन सक्छ । यो संक्रमण कुनै पनि प्रकारको हुन सक्छ। यदि समयमै उपचार गरेन भने समस्या गम्भीर हुन सक्छ । यसबाहेक पनि गुप्लांग क्षेत्रमा फोका उठ्ने, एलर्जी, घाउ लाग्नु जस्ता समस्याहरू निम्तिन सक्ने स्त्री रोग विशेषज्ञहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP