शनिबार , चैत्र २२, २०८१
बुटवल – मनमा एउटै कुराको त्रास थियो !
उ कस्ती छ ? एउटा प्रश्न हरकोहीको जिबनमा
कठिन आइलाग्छ भन्थे , त्यस्तै नै मेरो प्रश्न पनी एक आइलाग्दो बिषय थियो !!छुट्टै लक्ष्य प्राप्ती जस्तै थियो उसको आम्ने सामुन्ने भएर हेलो हाए गर्ने !
एकमहिना पहिला कल ह्याकमा कुरा भएको थियो ! नाम सम्झना ! घर अर्घखाचीँ भन्थी,,
भर्खरै स्नातक पहिलाे बर्षको परिक्षा दिएर बसेकी थिइ ! बुटवल देबिनगर आफ्नो ठुलो मामाका बसेर पढ्थी ,,!!
करिब एकमहिनाको अन्तरालमा उ संग धेरै कुरा भए , म्यासेज ,च्याट धेरै भए तर भेट भने भएको थिएन् !! म मेरो आफ्नो परिचय सबै खुलाएर भन्थे !!
उ केही लुकाउने गर्थी , सायद गारो भएर होला
किनकी उसको इज्जत भनेको सबै उसको परिवार र आफु स्वयम थिइ !
केही मिठा बात ,केही तिता कुरा भए हामी बिचमा , प्रेम ,बिस्वास पनी अलिक मात्रमा भए ,
बिभिन्न मन्दिरका , देबी देवताका नाम तथा कसम पनी साटासाट भए ,
अलिकती केयर ,अलिकती पारिवारिक सेयर कुरा पनी भए !
फेसबुक भने चलाउन रूची  लाग्दैन भन्ने गर्थी !! समय बर्बादीको मुख्य कारक पनी फेसबुक लाइ दोस दिने गर्थी !!
एकाउन्ट छ पुरानो ,
दशमा पढ्दा बनाएको तर फोटो भने हिरोइनको राखेको कुरा जानकारी गराइसकेकी थिइ !!
म भने फेसबुकको किरो ,
एउटा कुलतको लत जस्तै थियो ,
फेसबुक मेरा लागी !!
फिल्म धेरै हेर्थे म , कथा उपन्यास धेरै पढ्थे , राम्रा मनछुने कुरा कहिल्यै स्टाटस पोस्ट गरिन् !
केबल न्युज ,राम्रा केटीसंग च्याट , केहीछिनलाइ मन बुझाउनको निमित्त प्रयोग गर्थे !! फेसबुक ,
बुटवल मिलनचोकको प्रशिद क्याफे
द रियान कफी शप
बिहान ११ बजेको समय दिएको थिए उसलाइ ,
हातमा गुलाबको फुल, सुगन्धित अत्तरको बास्ना , कालो टि सर्ट , निलो जिन्स एवम् कर्नबर्स जुत्तामा म पनी कुनै हिरो भन्दा कम थिइन् !
टेबुल नम्बर ३ थियो ! मेरो लक्की नम्बर ३
कतिचोटी यही नम्बर बाट धेरै सम्मान र गाली गलौज पनी खाएको थिए ! त्यसैले यसैलाइ मैले आफ्नो लक्की नम्बर ठानेको हुँ !
गर्मी हल्का थियो ! भित्र एसी चलेतापनी मन भने
कुनै भुमध्य रेखामै पुरिएका शहर जस्तै थियो !
एउटा कोक मगाए ,
केहीछिनैमा टेबुलमा कोक आयो ,,!
घटघट हल्का आवजको साथमा पिए !!
गिलासमा राख्न ध्यान भएन
खै ध्यान जति उतै थियो
उही सम्झना !’
देबीनगर बाट मिलनचोक
आउन कुनै लामो दुरी थिएन् ! तर मलाइ पुर्व देखी पश्चिमको अन्तिम क्षितिज जस्तै लागिरहेको थियो !
जाममा परिहोली भन्नलाइ जाम थिएन् !
फोन गरेको छु , फोन लाग्दैन् ! मोबाइल स्विचअफ !!
मन शुन्य थियो ! दिमाक तात्न मात्र बाकी थियो ! तैपनी त्यो ३० रुपियाको कोकको साहरा मा बसीरहे १२ बज्यो अझै उसको उपस्थीती भएन् !! जाउ जस्तै लाग्यो , तर मनले जान मानेन !!
एकछिन कता कता धेरै के के कुराहरु सोच्न पुगे , खै दिमागले सोचे सम्म र मनले नहार्दा सम्म सोचिरहे तर सत्य के हो कसैलाइ थाहा थिएन् !!
घडिको सुइ १ मा गएर अडिएको थियो !
रातो कुर्ता सुरुवालमा
एउटी स्त्री देखा परिन,
तर त्यो नै सम्झना हो भन्ने कुनै ग्यारेन्टी थिएन !
हल्का कपाल छोडेकी,
केहीमात्रमा काली ,
रातो लिपिस्टक, पाउडरले छुट्टै डेरा जमाएको
त्यो गाला साच्चिकै राम्रो थियो !
मेरै नजिक आइ
रहेकी जस्तै देखिन्थी !
तर मेरो टेबुल छलेर काउन्टर तर्फ लागी ,
केही मिनेटको काउन्टरमा उसको खासखुस कुरा भएपछी मात्र , यता फर्की र भन्न थाली
केही समयलाइ मोबाइल पाइन्छ !
माग्ने तरिका यती मिठो थियो की मैले नाइ भन्नै सकिन,
गालाको पसिना सलले पुस्दै ,
मेरो फोन धेरै बटारी तर उसको कल सफल भएन् !!
केही कुरा सोधु जस्तै लाग्यो ! तर मनले मानेन , सोधीहाले !!
केही समस्या छ तपाइलाइ ??
नाइ छैन् ! मेरो मान्छे मलाइ कुरिराको छ तर मेरो मोबाइल , गाडीमा खस्यो ‘ उसको नम्बर पनी कन्फुज थिए ! तैपनी धेरै कोशिस गरी सम्झे र हानेको फोन तर उसको कल लागिराको छैन् ! मात्र भनी न नाम नै भनी न कुनै ठेगाना , बस् त्यहा बाट निस्किन पुगी !
मैले मै हो भनेर भन्न पनी सकिन् ! कसरी भनु जबकी बिना नाम उ खोज्दै हिडेकी छ ?
कल डाएलर मा हेरे त्यहाबाट पनी कलको डाएलरको नम्बर डिलिट गरीसकेकी थिइ !!
एकछिन मनोध्यान बसे , मन आत्तियो , त्यो केटी अर्थात मेरी सम्झना उ त होइन् , भन्ने त्रासले मेरो मुटु झन तिब्र गतिमा दौडीन थाल्यो !
तर के गर्नु म संग कुनै सबुत थिएन् !!
त्यो दिन त्यसै बित्यो !
उहि नम्बरमा धेरै कल गरे
कहिले काही स्विचअफ हुन्थ्यो फोन ! तर कहिलेकाही गर्दा गर्दै एकदिन फोन उठ्यो !
कुनै भैयाले उठाए , हिन्दीमा कुरा भयो ? तर कोहो भनेर पत्ता लगाउन सकिएन् !  गाडीमा भेट्टाए मैले अब यो फोन मेरो भन्ने कुरा साथै फोन नगर्न पनी धम्की दिन्थ्यो !
न फेसबुक नै चलाउने गर्थी उ न मेरो आइडी नै उसलाइ थाहा थियो !!
न मेरो घर देखेकी उसले , न उसको घर मैले देखेको , देबिनगरमा एउटा शिबको मन्दिरको छेउको दुइतल्ले रातो घर मामाको हो भन्ने कुरा सम्झिए ,
हतारमा एकदिन बाइक लगेर गए मन्दिर जस्ताको तस्तै थियो ! तर दुइतल्ले रातो घर त्यहा वरीपरी कसैको थिएन् !
फल्ट भनौ या फ्रर्ड भनुँ या कुनै छलकपट भनु या धोका  भनु या बिस्वास घात भनु कति छन् मान्छेलाइ दोष लगाउने शब्दहरु तर म भने एक पागल जस्तै भइसकेको थिए ! कस्तो मुर्ख म
माया गर्ने रे न उसको घर थाहा छ न बायोडाटा ! न उ नै खुलेर केही भनेकी थिइ !
एकसाइडमै डुबेको नाउ जस्तै थियो मेरो मन ,
केही सोच्न सकिन् ! के गरौ , के नगरौ थियो
फोन बाहेक उसको  कन्ट्याक थिएन् !उसको साथिको नम्बर नाम दिन उ कहिल्यै खुलिन् ! म पनी के भनेर पछी हटे ! प्रेममा परेपछी मान्छेले खान बिर्सिछ , लगाएको मोजा बिर्सिन्छ त थाहा पाएको थिए तर म आफैलाइ आफैले बिर्सिएको थिए ! अब अरु छाडेर उसैको कलको प्रतिक्षामा बस्नु बाहेक केही बिकल्प थिएन् !
एकदिन होइन ! दुईदिन् होइन् ! धेरै बसे महिनौ बसे तर उसको कल आएन न नया नम्बर बाटै कुनै सम्झना नाम गरेकी केटीको नाम नै आयो !
अब सम्झना सपना मा सिमित भइसकेकी थिइ !!
एकदिन साथी जापान जाने खुशीयाली
मा गेट टुगेदर स-सानो पार्टी थियो !
त्यसैमा सहभागी हुन पुगे !! करिब तिस टेबल हाम्रो थियो ! उही स्थान उही समयमा साथिहरु आफ्ना भबिस्यका योजना का कुराहरु गरिरहेका थिए ! म उहि तिन महिना पहिलाको सम्झनालाइ आजको सम्झनामा बिस्तापित गरिरहेको थिए ! त्यसै गेटबाट एक स्त्री
उही छाडिएका कपाल,
गहुगोरो बर्णकी हल्का काली,
रातो लिपिस्टिक,
पाउडरले डेरा जमाएको गाला,
तर पहिला भन्दा केही फरक थियो !
हातमा सानो बाबु तथा साथमा अर्धबैसे बुढा !
म साथिहरु बाट केही पर थिए !
ति स्त्री मलाई देखेर आखाँको संकेतले
सन्चै हुनुहुन्छ भनेर प्रश्न गरिन् !
मैले पनी आखाँ इसाराले नै बाचेको छु भनेर संकेत जनाए ,
उनीहरुले मलाई पछी पार्दै नजिकैको टेबुल मा बसे केही अर्डर गरे तर मेरो
आखाँ त्यही अपरिचित स्त्रीमा थियो !
कपाल छोडेकी , मन्द मुस्कान को साथ उनीहरु केही कुराहरु गर्दै थिए !
मनै लोभ्याउने उसका केही गतिशिल क्रियाहरु देखेर मेरो मन पनी फुरुक फुरुक भाको थियो !!
रबिन मेरो नजिकै आयाे र भन्याे,
ओए ,!
एकलकाटे के गरिरहेको यहा ?
हिड ड्रङ्रस गरौ भनेर प्रस्ताव गरेकाे थियो !
मैले उसलाई मन छैन तिमीहरु नै गर
भनेर टारे ,
म जान्छु है भनेर भन्दा
हुन्छ जा न तँलाई देखीराको छु केही दिन बाट त अलिक फरक भाको छस
किन हो ? जाबो एउटा केटीको लागी साला आफ्नो अमुल्य जिबन बर्बाद गर्दै छस् केटा भन्दै  उसले भन्यो !
मेरो कुरा फुस्किन नपाउदै उसले यस्तो कुरा गरेर
झन म सिरियस हुन पुगे र भने ,
त खुशी छस् ?
उसले ओठ फाट्दै सेता दन्त देखाएर भन्यो
छैन यार !
किन छैनस् ??
उसले भन्यो म त आफ्नो मातृभुमी छोडेर जादै छु त्यसैको चिन्ता छ भन्यो !
अनी मैले भने के को टेन्सन ?
त पनी छोरा होस् हरकोही छोराको एउटा सपना हुन्छ , कि राम्रो कमाएर के गरौ
आमाबुवाको ख्याल गरौ भबिस्यको योजना तयार गरु , त मात्र होईन ,हाम्रो देशको हर युवाको सपना हो। तरपनी आफ्नो मातृ भुमी छाडेर कती खाडी अन्यत्र देश जान बाध्य भएका छन् भनेर सम्झाए तर यो सम्झिने खालको थिएन !
त साले फेरी सेन्टी भईस भनेर त्यो पार्टी। तिरै लाग्यो म मेबाईल खोलेर बसिरहेको थिए !
एकछिन पछी ति स्त्री र अर्धबैसे मानिस
बाहिर निस्कन खोजे
म साईटमा थिए !
मेरो ध्यान त्यही स्त्रीमा थियो !
हुन त कोही सुन्दर केटी देख्ना साथ हरकोहीको युवाको ध्यान उही केटीमा बढी आक्रषित हुन्थ्यो तरपनी मेरो मनले उही सम्झना हो भन्ने कता कता भनिरहेको छ जस्तो आभाष  हुन्थ्याे! उसका आखाँ मेरा आखाँमा जुधे एकछिनै जुधेकौ जुधै भए उ कस्ती माया लाग्दी जस्ती थिई !
मेरा आखाँ बाट केही तरल निस्किएर गाला मा आई टप्प चिसो हुन पुग्यो र उसको गाजलु आखाले म जान्छु है भनेर म संग बिदा माग्दै थिई ! तर मेरा आखा उसलाई बिदा दिएको थिएन र आखै आखाले उसले भनि कि म नै हु सम्झना तपाईकी सम्झना तर म पहिलाको सम्झना हुन पुगिन् !भन्दै कमलो भावले जनाईरहेको थियो तर गर्न सक्ने उपाए केही थिएन म संग !
जादा जादै उसको टेबुलमा केही सानो चिर्कटो थियो ! सायद न्यापकिन पेपर हो भनि वास्ता गरिन ! तिनीहरु बाहिर निस्किए पछ उसको टेबुलमा गई हेरे , उसले केही लेखेर छोडेकी थिई !
मैले धेरै गल्ती गरे , मेरो परिवारको बाध्यताले गर्दा म हजुरको हुन सकिन् ! एक बच्चा भएको बाउ संग मेरो बिवाह फिक्स भयो ! गाउका गरिब केटी म आफ्ना ति चाउरी परेका बाउआमाको सपना पनी चाउरी हुन दिनु भएन त्यसैले मैले यो सब गरे सक्नुहुन्छ, मलाई माफ गर्दिनु ! माया म तपाईलाई धेरै गर्छु तपाई शहरमा बसेको मान्छे पढ्दै हुनुहुन्छ पढ्नुस् उन्नती गरेनुहोस्। ! सदा ओठमा मुस्कान लिएर बाच्नुहोस् मात्र भनेर लास्ट उही पहिलेकी सम्झना भनेर लेखीकी थिई !
त्यो एउटा सानो चिर्कटोमा भएका दश शब्द ले मेरो मुटुमा हजार तिर हानेकी थिई !
रुन भुलेको म फेरी एकास्सी रुन पुगेको रहेछु !
एक्लै रोए , त्यहाँ रुन असजिलो भएर बाथरुममा गएर रोए धेरै रोए अह आशु सकिए होलान् ! रुन छोडेको थिएन र रुमाल निकाली आशु पुछ्दै बाहिर निस्किए !
परिवारको आड लिएर कसैलाई बिच बाटोमै अलपत्र पारेर परिवारको बाध्यता अघि सारेर चोखो माया तोड्नु भनेको एउटा कायरता थियो माफी न कायरताको हुन्छ न गल्तीको
उसको लागी माया मनमा सागर नै किन नहोस् ! म रोकिए एकछिन , बोल्न केह शब्द भेटाएन् ! दिनभरी शिकार खेलेर खाली हात फर्केको शिकारी जस्तै थियो मन त्यसैमा उसको यो कुरा केही सोच्नै सकिन् !
खाली उसको मुस्कान र याद मेरा आखा अगाडी नाच्न थाले र म त्यहा बाट कसैलाई भन्दै नभनी घर गए
पछी रबिनले फोन गरेको थियो
एकास्सी तलाई के भो पार्टी पनी छोडेर आईस
भन्दै नभनी के भन भन त ? भन्यो
केही भा छैन् ,!
टाउको दुखेर आए भनेर टारे
दुख्न त दुख्यो टाउको होईन् मन मुटु सबै दुख्यो
यदी बुझ्ने कुरा साथिहरु सायद भन्थे पनी होलान् ‘! यदी भनेपनी उनीहरुको मजाकको साधन बन्थे म !! कसैलाई नभनी आफ्नै मनमा उसका यादहरु एकाएक मार्न थाले !
अब मोबाईलमा भाको नम्बर पनी डिलिट गरे !
फेसबुकमा पनी ब्लक गरे,
पढ्छु अगाडी बढ्छु भन्ने कल्पना गरेर
साथीभाई सगं पनी घुलमिल बन्द गरिदिए !
सधै बाहिर डुल्ने जाने म आजकल घर बस्दा के भो तलाई चेन्ज कसरी भनेर ममिले भन्दा
अब आमुल परिवर्तन ममी भनेर भन्थे ,,
ममीका खुसीका आशुले मलाई आर्सिबाद दिन्थ्यो । सायद उसलाई पनी पत्र लेख्नु पर्ने हो तर लेखिन, जरुरत ठानेन,  जिन्दगी एउटा कोडियो ग्राफर जस्तै हो कुन तालमा नृत्य गराउछ कसैलाई थाहै हुदैन् । त्यो दिन आजभोली सम्झिन थाल्छ यी मनले तर आखाले झट्टै सहन नसकेर आशु निकालि दिन्छु तर यी पीडाका नभई मैले उसको जिबनको कामना हो भनी मनलाइ  सम्झाउने गर्छु ।  एउटा अविस्मरणीय याद थियो तरपनी जिबन भर भुल्न सक्दिन् !
नाम ः प्रकाश गाैतम
ठेगाना ः बिरेन्द्रनगर १४ सुर्खेत

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २०, २०८१ बिहिबार 54 Views

चलचित्र ‘वसन्त’ले कति पायो शो ?

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP