मंगलबार , अषोज २७, २०८३

सबिन बराल

डार्बिन- करिव करिव पन्ध्र वर्ष अघि देखी नेपाली बिधार्थीहरु उच्च शिक्षा अध्यनको लागी अस्ट्रेलिया आउन थालेको पाइन्छ । त्यसभन्दा अघि पनी नेपालीहरु अस्ट्रेलिया
आउने जाने गरेको भए पनी विगत आठ बर्स देखी धेरै भन्दा धेरै नेपाली
बिधार्थीहरुको रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ

किन आउन चाहान्छन त अस्ट्रेलिया ?
नेपाली विधार्थीहरु यसरी अस्ट्रेलिया आउनुमा आफ्नो देशको अवस्था, देशको शिक्षा
नीति, भबिस्यको सुनिस्चितता र अन्य विविध विषयहरु रहेका छन् जसलाई बुधागत रुपमा
यसरी हेर्न सकिन्छ ।

१– शिक्षा निती ः–
नेपाली बिधार्थी जव १२ पास गर्छन, ब्याचलरका लागि चार–चार वर्ष समय खर्चनु पर्ने
र ब्याचलर गरि सकेपछी पनि जागिरको ग्यारेन्टी न देख्नु ।यहा चार वर्ष विताउनु
भन्दा विदेश ( अस्ट्रेलिया ) जाने हो भने पढाइ संग संगै काम पनि गर्न पाइने
त्यो चार वर्षमा त १०–२० लाख कमाएर पठाउछ भन्ने अभिभावकको मनोविज्ञान आदिले
पनि बिधार्थीहरुमा अस्ट्रेलिया आउँन रुची बढेको देखिन्छ ।

२– देशको आर्थीक अवस्था ः–
कलेज क्याम्पस भर्ना भए पनि बेला बेलामा भइरहने शैक्षिक हडताल,नेपालबन्द,
तालाबन्दी आदी कारणले पनि र देशको राजनैतिक अस्तव्यस्तता , विकासले गती लिन
नसक्नु र योग्यता अनुसार काम गर्ने अवसर र ठाउको अभाव हुनु ।

३– विदेशिने लहर ः–
विभिन्न कारणहरु मध्य अहिले यो विदेशिने लहर लस्करले पनि नेपाली
बिधार्थीहमा विदेशनु नै मूल उधेश्य बन्न पुगेको छ । छिमेकमा विदेश पढ्न न
गएको लगभग कोहि छैन । संगै पढेको साथी विदेश जाने अठोट गर्छ र बुवा आमा,
इस्टमित्र छर छिमेक सबैले विदेश जाने सल्लाह दिन्छन । कुनै अभिभावक देशमै
पढोस देशमै बसोस भन्ने पनि न भएका हैनन् । फलाना गयो म पनि जान्छु
फलानाले विदेश गएर यति कमाएर पठायो ्र फलानाले यस्तो प्रगती गर्यो भन्ने लहर एकातिर छ भने अर्कोतिर १२ पास गरेपछि बिदेशीनु नै पर्छ भन्ने संस्कारकै
बिकाश भइरहेको छ ।

४– भबिस्यको सुनिस्चितता ः–
अहिले आएर देशमा एक प्रकारको हौवा मच्चाइएको छ । “यो देशमा केहि छैन,
यहा बसेर केहि फाइदा छैन, यहा भबिस्य उज्जवल छैन खेति, किसानी, ब्यापार,
बिजनेश, उधोग धन्दा गर्ने वातावरण छैन भन्ने हौवा फैलाइदिएर युवा तथा
बिधार्थीको दिल दिमाखमा नकारात्मक प्रभाव पारिरहेको छ । यी आदि कारणले पनि
अस्ट्रेलिया आउनेको संख्या बढिरहेको छ ।
५ – सिप सिक्न र गुणस्तरीय शिक्षा आर्जन गर्न ः–
विभिन्न कारण र बाहानामा बिद्यार्थीहरु अस्ट्रेलिया आउने गरेपनि केहि
बिधार्थीहरु भने बिदेशको टेक्निकल , सिप , तौरतरिका सिक्ने उच्च अध्ययन पश्चात
नेपालमै केहि गर्ने भन्ने मनसायले पनि अस्ट्रेलिया आएका देखिन्छ्न ।
तर उनीहरु मध्य पनि केहि यहाको नीति, कार्ययोजना र सुख सुबिधाको प्रलोभनमा
यतै बस्न बाध्य हुन्छन भने कोहि फर्केर देशमै केहि गरेका पनि छन् ।

यसरी प्रवाशीहरुका लागि अस्ट्रेलिया रोजाइको देश बन्दै गए पनि पछिल्लो
अवस्थामा अस्ट्रेलियाले आफ्नो शिक्षा नीतिमा केहि परिवर्तन ल्याए संगै केहि कडा
नीति सार्वजनिक गरे संगै यतिबेला अस्ट्रेलिया आउने लहरमा भने केहि रोक लागको
जस्तो देखिन्छ ।

कस्तो छ त अहिलेको अस्ट्रेलिया नीति ? के साच्चै अस्ट्रेलिया आउन सहज छैन त् ?

Ashish Ghimire

ओएसिस एजुकेसन डार्विनका संचालक आशिष घिमिरेका  सरकारको नयाँ आप्रवासन नीतिलाई स्वाभाविक मान्नुपर्छ र चासो चिन्ता हुनुलाई अन्यथा मान्न सकिदैन। उनी भन्छन्,‘यहाँ आएर पढ्ने र पढेको क्षेत्रमै भविष्य सुनिश्चित गर्न चाहनेहरूका लागि नयाँ नीति अवसर हो, अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ होम अफियर्सले विदेशी विद्यार्थी भिसाका लागि बनाएको चेकलिष्टलाई फलो गर्नसक्नेलाई सरकारले सँधै स्वागत गरिरहेको छ।’

 

साथै, नेपाल र अस्ट्रेलियामा रहेको परामर्श कम्पनी ‘केबिए  ग्लोबल ’ संचालक साथै  माइग्रेसन एजेन्ट  शम्भु कँडेलका अनुसार, ‘अष्ट्रेलियामा लिबरल र लेबर पार्टी नेतृत्वको सरकारले फरक फरक नीति लिने गरेको उल्लेख गर्दै अहिले लेबर पार्टीको सरकारले ल्याएको नीतिलाई जटिलताका रूपमा लिनु नहुने बताउँछन्।’

‘नयाँ नीतिमा केही गाइडलाइनहरू छन् । त्यसलाई फलो गर्न सकियो भने यो समस्या होइन। अष्ट्रेलिया सरकारको चाहना भनेको आउ, पढ र गाइडलाइन फलो गर भन्ने हो तर विद्यार्थीरूले पढाइ र काम गराइमा तालमेल मिलाउन नसक्दा समस्या आएको हो। यदि आफ्नो फिल्डमा काम गर्ने हो भने पिआर लिन अझ सजिलो हुने कँडेल बताउनु हुन्छ।

नया शिक्षा नीति लागु भए पछी अध्ययन गर्न भर्खर आइपुगेका एक बिधार्थीलाइ के साच्चै कठिन नै छ त् अस्ट्रेलिया आउन भन्ने जिज्ञासा राख्दा उनि भन्छन, अष्ट्रेलिया सरकारको नयाँ नीति नबुझ्दा र त्यसको पालना नगर्दा यहाँका नेपालीहरुमा धेरै चिन्ता थप्ने गरेको बताउँछन्। नियम पालना गर्नसके अष्ट्रेलिया सबैभन्दा सजिलो देश भएको उनको बुझाइ छ।

यसरी अस्ट्रेलियामा नेपाली बिधार्थी आए पनि सबैमा देश प्रतिको माया र सदभाव
कायमै छ ।देशमा सबै कुरा राम्रो भए किन बिदेशिनु पर्थ्यो र भन्ने जमातको पनि
कमि छैन । राजनैतिक अवस्था र देशको स्थिती सुध्रदै गए देशमै गएर केहि गर्ने प्रण

लिएर बसेका पनि भेटिन्छन भने प्रवाशी भइ सकेकाहरु पनि देशमा लगानी गर्ने वातावरण भए तयार रहेको पाइन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP