सोमबार , अषोज २६, २०८३

मुगु / मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँका सुनबहादुर बढुवाल, उमेर ३३ वर्ष पुगे । पढ्ने, लेख्ने उमेरमा शिक्षा क्षेत्रलाई पछि राख्दै उनले १५ वर्षको उमेरमा भेडा पालनतिर लागे । उनले अहिले ५० भन्दा बढी भेडा पालन गरेका छन् । उनी वन पाखामा भेडासँगै आफ्ना दुःखसुखका दिनहरु गीतसँगै लैजान्छन् ।

कर्णाली प्रदेशको मुगु भौगोलिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा भरिपूर्ण मानिएको जिल्ला हो  । यस जिल्लामा यतिमात्र नभई पशु वस्तुमा पनि धनी मानिएको छ । पछिल्लो समय यहाँका कृषक भेडा तथा बाख्रा पालनबाट आकर्षित हुनुका साथै मनग्य आम्दानी पनि गर्दै आएका छन् ।

सुनबहादुर मात्र होइनन् १० वर्षकै उमेरदेखि नै भेडा पाल्दै आएका कृष्णबहादुर बुढा अहिले उमेरले ७० वर्ष पुगे । उनीसँग ८० भेडा छन् ।  ज्येष्ठ नागरिक भए पनि उनलाई आफ्नो पेसा व्यवसायप्रतिको माया भेडा पालनमा उमेरले कहिल्यै पछि पर्न दिएन । विगतका दिनहरुमा भेडाबाख्राहरुलाई कुनै चोटपटक, रोग लागेमा जंगलकै जडीबुटीले उपचार गर्दा निको हुने गरेको उनी सम्झिन्छन् ।

पछिल्लो समय मुगुवासीको भेडा पालन नै पहिलो आयश्रोत बन्दै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि किसानहरु यो व्यवसायमा अग्रसर भएका हुन् । किसानले वर्षमा एक लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भेडा पालक कृषक भुमबहादुर खड्काले बताए ।

भेडा–बाख्राको ऊनबाट राडीपाखी, काम्लो, फेरे लगायतका मूल्यवान वस्तु तयार गरेर कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । स्थानीय सरकार लगायत अन्य कुनै पनि निकायबाट भेडा पालन कृषकहरुलाई अनुदानजस्ता कार्यक्रम नहुँदा अझै भेडाप्रतिको आर्कषण बढ्न नसकेका किसान  स्थानीय चन्द्र बहादुर बुढाको भनाइ छ ।

जिल्लाका चार स्थानीय तहमा वर्तमान अवस्थाको प्रारम्भिक तथ्यांक अनुसार ४ हजार ९ सय घरधुरीले भेडावाख्रा पालन गरी रहेका छन् । जिल्लामा भेडाभन्दा बाख्रा पालनमा तुलनात्मक संख्याभन्दा बढी छ । अहिले जिल्लामा बाख्रा ७० हजार ४ सय रहेको छ भने ३१ हजार ३ सय ४४ भेडा रहेको तथ्यांकले देखाएको छ ।

बढी मात्रा छायाँनाथ रारा नगरपालिकाभित्रका नागरिकहरुले भेडाबाख्रा पालन गरी रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ भने जाडोयाममा औल तथा बेसीतर्फ पाल्ने गरिन्छ । संरक्षणभन्दा पनि संख्यात्मक अनुदानले भेडा पालक कृषक मर्कामा परेको दुखेसो पोखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP