मंगलबार , असार २३, २०८३

तिलोत्तमा नगरपालिका वडा नंं १० को उद्यमशील टोल हरेक क्षेत्रमा नमूना बन्दै गएको छ । उक्त टोलका एक सय ५ घरधुरी एकतावद्ध भएर करिब ५ विगाहा जग्गामा चक्लाबन्दी खेती गर्दै आएका छन् ।

टोललाई प्रांगारिक खेतीयुक्त टोल बनाउने अभियानमा छन् । कृषिलाई आधुनिक प्रविधियुक्त र यान्त्रिकिकरणमा पनि उक्त टोल अघि बढेको छ । यसअघि सामूहिक आलु खेती, सामुहिक मकै खेती गरेका टोलवासीहरुले अब ५ हजार मौरीका घार राख्ने तयारीस्वरुप वृहत बृक्षारोपण शुरु गरेका छन् ।

जस अन्तर्गत फुल प्रजातिका बेगनबेली,गुल्मोहर,पारिजात,कल्की,असारे, मधुकामिनी आदी १० थरि र बिरुवा प्रजातिका चिउरी,निम,तेजपत्ता,स्वामी आदि १० थरिका बृक्ष रोपण गरिएको छ । बृक्षारोपणको प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दामोदर भुसालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै डा. भुसालले उद्यमशील टोलमा घर अगाडि फुलबारी घर पछाडि करेसाबारी नारा नै बनेको बताउंदै बृक्षारोपणले वातावरण र पर्यावरण संरक्षणसंगै टोललाई हरियालीयुक्त र सुन्दर बनाउने बताए । रोपिएका फुल र बिरुवा हुर्किएपछि मौरीको चरण क्षेत्र हुने हुंदा बृक्षारोपणको वहुआयामिक फाइदा हुने डा. भुसालले बताए । ‘टोललाई स्वच्छ, हरियाली र सुन्दर बनाउन मात्रै होइन सबै घरका सदस्यलाई उत्पादनसंग जोडे
र उद्यमशील बनाउन टोलवासीको मेहनत र एकता सांच्चिकै नमूना र अनुकरणीय छ’–डा. भुसालले भने –‘विशेषगरी महिलाहरुको उत्साहपूर्ण सक्रियता र सहभागिताले टोललाई नमूना बनाउंदै लगेको छ ।’

टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टोलको वृहत्तर उन्नति र प्रगतिका लागि टोलवासीहरु हरेक काममा एकतावद्ध भएर लागेकाले प्रदेश सरकारको करिब ६ लाख लगानीमा फुल र बिरुवा खरिद गरेर टोललाई हरियालीयुक्त बनाउन लागिएको बताए । उनले रोपिएका बिरुवाको रेखदेख र संरक्षणहरेक टोलवासीको दायित्व हुने र बिरुवा संरक्षण नभएमा आफ्नै लगानीमा खरिद गरेर पुनः रोपेर हुर्काउनुपर्ने नियम बनाइएको बताए ।
‘धेरैजसो ठाउंमा बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने परिपाटी छ, जसले गर्दा ठूलो धनराशी बालुवामा पानी सरह खेर गइरहेको छ तर हाम्रो टोलमा त्यस्तो हुन दिन्नौं’–अध्यक्ष पुनले भने–‘आफ्नो घर अगाडि लगाइएका बिरुवा कुनै पनि हालतमा संरक्षण हुनैपर्छ भन्नेमा टोलवासी एकमत छन् ।’
बृक्षारोपणको उद्देश्य हरियाली र सुन्दर बनाउनु मात्र नभई निकट भविष्यमा टोलवासीले गर्ने मौरीपालनका लागि चरन क्षेत्र पनि विकास गर्नु भएको अध्यक्ष पुनले बताए ।
उद्यमशील टोलवासीले धान खेतमा हांसपालन र माछा पालन पनि गर्ने तयारीमा छन् ।

२०७७ सालमा स्थापना भएको छोटो अवधिमै टोलले नमूना कामहरु गर्दै अघि बढेको नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।
‘उद्यमशील टोल सांच्चिकै उद्यमीहरुको टोल हुने दिशामा अघि बढेको छ’–उपप्रमुख चौधरीले भनिन्–‘उद्यमशील टोलको सिको अरु टोलले पनि गर्ने हो भने सिंगो तिलोत्तमा प्रागारिक खेतीयुक्त नगरपालिका बन्नसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP