शनिबार , बैसाख ६, २०८२

तिलोत्तमा नगरपालिका वडा नंं १० को उद्यमशील टोल हरेक क्षेत्रमा नमूना बन्दै गएको छ । उक्त टोलका एक सय ५ घरधुरी एकतावद्ध भएर करिब ५ विगाहा जग्गामा चक्लाबन्दी खेती गर्दै आएका छन् ।

टोललाई प्रांगारिक खेतीयुक्त टोल बनाउने अभियानमा छन् । कृषिलाई आधुनिक प्रविधियुक्त र यान्त्रिकिकरणमा पनि उक्त टोल अघि बढेको छ । यसअघि सामूहिक आलु खेती, सामुहिक मकै खेती गरेका टोलवासीहरुले अब ५ हजार मौरीका घार राख्ने तयारीस्वरुप वृहत बृक्षारोपण शुरु गरेका छन् ।

जस अन्तर्गत फुल प्रजातिका बेगनबेली,गुल्मोहर,पारिजात,कल्की,असारे, मधुकामिनी आदी १० थरि र बिरुवा प्रजातिका चिउरी,निम,तेजपत्ता,स्वामी आदि १० थरिका बृक्ष रोपण गरिएको छ । बृक्षारोपणको प्रदेश योजना आयोगका पुर्व सदस्य डा. दामोदर भुसालले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै डा. भुसालले उद्यमशील टोलमा घर अगाडि फुलबारी घर पछाडि करेसाबारी नारा नै बनेको बताउंदै बृक्षारोपणले वातावरण र पर्यावरण संरक्षणसंगै टोललाई हरियालीयुक्त र सुन्दर बनाउने बताए । रोपिएका फुल र बिरुवा हुर्किएपछि मौरीको चरण क्षेत्र हुने हुंदा बृक्षारोपणको वहुआयामिक फाइदा हुने डा. भुसालले बताए । ‘टोललाई स्वच्छ, हरियाली र सुन्दर बनाउन मात्रै होइन सबै घरका सदस्यलाई उत्पादनसंग जोडे
र उद्यमशील बनाउन टोलवासीको मेहनत र एकता सांच्चिकै नमूना र अनुकरणीय छ’–डा. भुसालले भने –‘विशेषगरी महिलाहरुको उत्साहपूर्ण सक्रियता र सहभागिताले टोललाई नमूना बनाउंदै लगेको छ ।’

टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टोलको वृहत्तर उन्नति र प्रगतिका लागि टोलवासीहरु हरेक काममा एकतावद्ध भएर लागेकाले प्रदेश सरकारको करिब ६ लाख लगानीमा फुल र बिरुवा खरिद गरेर टोललाई हरियालीयुक्त बनाउन लागिएको बताए । उनले रोपिएका बिरुवाको रेखदेख र संरक्षणहरेक टोलवासीको दायित्व हुने र बिरुवा संरक्षण नभएमा आफ्नै लगानीमा खरिद गरेर पुनः रोपेर हुर्काउनुपर्ने नियम बनाइएको बताए ।
‘धेरैजसो ठाउंमा बृक्षारोपण गर्ने तर संरक्षणमा ध्यान नदिने परिपाटी छ, जसले गर्दा ठूलो धनराशी बालुवामा पानी सरह खेर गइरहेको छ तर हाम्रो टोलमा त्यस्तो हुन दिन्नौं’–अध्यक्ष पुनले भने–‘आफ्नो घर अगाडि लगाइएका बिरुवा कुनै पनि हालतमा संरक्षण हुनैपर्छ भन्नेमा टोलवासी एकमत छन् ।’
बृक्षारोपणको उद्देश्य हरियाली र सुन्दर बनाउनु मात्र नभई निकट भविष्यमा टोलवासीले गर्ने मौरीपालनका लागि चरन क्षेत्र पनि विकास गर्नु भएको अध्यक्ष पुनले बताए ।
उद्यमशील टोलवासीले धान खेतमा हांसपालन र माछा पालन पनि गर्ने तयारीमा छन् ।

२०७७ सालमा स्थापना भएको छोटो अवधिमै टोलले नमूना कामहरु गर्दै अघि बढेको नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।
‘उद्यमशील टोल सांच्चिकै उद्यमीहरुको टोल हुने दिशामा अघि बढेको छ’–उपप्रमुख चौधरीले भनिन्–‘उद्यमशील टोलको सिको अरु टोलले पनि गर्ने हो भने सिंगो तिलोत्तमा प्रागारिक खेतीयुक्त नगरपालिका बन्नसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP