मंगलबार , बैसाख २९, २०८३

१९ डिसेम्बर १९९७ मा आइकोनिक फिल्म टाइटानिक रिलिज भएको २५ वर्ष पूरा भएको छ । ११ ओस्कार अवार्ड जितेको यो फिल्म त्यतिबेला विश्वको सबैभन्दा महँगो फिल्म थियो । सन् १९१२ मा साउथह्याम्प्टनबाट आफ्नो पहिलो र अन्तिम यात्रामा निस्किएको आरएमएस टाइटानिकमा बनेको थियो । यो एपिक रोमान्स र त्रासदी फिल्मको लागत वास्तविक टाइटानिक जहाज भन्दा २६ गुणा बढी थियो । फिल्मका लेखक र निर्देशक जेम्स क्यामरुन थिए, जो अवतार, द टर्मिनेटर जस्ता उत्कृष्ट फिल्महरू बनाउनका लागि परिचित छन् ।


फिल्मलाई उत्कृष्ट बनाउनको लागि मूल टाइटानिकको ब्लुप्रिन्ट हेरेर टाइटानिक जहाजको प्रतिकृति बनाइएको थियो भने फिल्ममा देखिएका गलैँचादेखि अधिकांश वस्तु पनि त्यही कम्पनीले तयार पारेका थिए जसले मूल जहाजका लागि काम गरेका थिए । यस फिल्मको छायांकन र निर्माणमा हरेक कुराको ख्याल गरिएको थियो भने धेरै वास्तविक घटनालाई पनि फिल्ममा देखाइएको छ । जहाज डुबिरहेको देखाउन निर्माताले एउटा दृश्यमा १ करोड लिटर पानी प्रयोग गरेका थिए भने अन्य दृश्यमा लाखौँ लिटर पानी प्रयोग गरिएको थियो । ३ घण्टा १० मिनेटको यो फिल्म २० करोड डलर अर्थात २६ अर्ब रुपैयाँमा निर्माण भएको थियो । यसको हरेक एक मिनेटको दृश्यमा लगभग १३ करोड रुपैयाँ खर्च भएको थियो, जसका कारण निर्देशक र वितरकबीच चर्को विवाद भएको थियो ।



आज चलचित्र रिलिजको २५ वर्ष पूरा भएको अवसरमा यो प्रतिष्ठित चलचित्रको निर्माणको रोचक कथाबारे जानकारी लिऔँ



टाइटानिकको वास्तविक फुटेज प्राप्त गर्न गरिएको थियो १२ जोखिमपूर्ण डाइभिङ

निर्देशक तथा लेखक जेम्स क्यामरुन यो फिल्मको आइडिया लिएर २० सेन्चुरी फक्स स्टुडियोमा गएका थिए । सुरुमा, उनले जेम्सको ट्रेजेडीमा प्रेम कथा जोड्ने बिन्दु बुझ्न सकेनन्, तर जेम्सले उनलाई मनाउन सफल भए । जेम्सले स्टुडियोलाई अन्टार्कटिक महासागरमा डुबिरहेको टाइटानिक जहाजको मूल फुटेज सङ्कलन गर्न पैसा मागे । जति रकम डुबेको नक्कली टाइटानिकको रेक बनाउन खर्च हुन्थ्यो त्योभन्दा ३० प्रतिशत बढाएर वास्तविक टाइटानिकको फुटेज निकाल्नका लागि बजेट बनाइयो ।

सन् १९९५ मा, जेम्स क्यामरुन डुबेको टाइटानिकको फुटेज लिनका लागि १२,५०० फिट गहिराइमा सबमरिनको सहारामा १२ पटक गए । सानो गल्तीले पनि पूरा टिमलाई खतरा थियो भन्ने थाहा पाएर त्यहाँबाट फुटेज सुट गर्न पनि धेरै नै समस्या भइरहेको थियो । डाइभिङको क्रममा, टाइटानिकको डेकमा एउटा पनडुब्बी ठोक्कियो, पनडुब्बी र जहाज दुवैलाई नोक्सान भयो । टाइटानिकको विशाल सिँढी र प्रवेशद्वारको सानो टुक्रा पनि फुट्यो ।

सबै कठिनाइहरूको बावजुद, जेम्स क्यामरूनले मूल फुटेज ल्याउन सफल भए, जुन फिल्ममा पनि देखाइएको छ ।

पटकथा लेख्न, क्यामरुनले जहाज दुर्घटनामा बाँचेकाहरू र यसमा संलग्न व्यक्तिहरूको अनुसन्धान गर्न ६ महिना बिताए ।

रोजको वास्तविक नग्न स्केच निर्देशक जेम्स क्यामरुनले बनाएका थिए

फिल्मको प्रमुख फोटोग्राफी ३१ जुलाई १९९४ मा सुरु भयो । जहाजको प्रस्थान दृश्य नोभेम्बर १५ मा सुट गरिएको थियो । रोजको वास्तविक नग्न पेन्टिङ निर्देशक जेम्स क्यामरुनले बनाएका थिए, यो फिल्मको पहिलो सिन थियो किनभने सेट यति फैलिएको थियो कि दोस्रो सिन सुट गर्नका लागि केही भेटिएको थिएन । समय बचाउनका लागि निर्देशकले यही सिन सुट गर्नुपरेको थियो ।

आक्रोशित चालक दलका सदस्यले सबैलाई ड्रग्स खुवाएका थिए, ५० जना भएका थिए अस्पताल भर्ना

जेम्स क्यामरुनको कठोरताबाट आक्रोशित एक चालक दलका सदस्यले खानामा ड्रग्स मिसाइदिएका थिए, जसका कारण ५० जनालाई अस्पताल भर्ना गरिएको थियो । जेम्स क्यामरुनले शरीरमा औषधि फैलिनुअघि वान्ता गरेका थिए जसका कारण उनी बाँचेका थिए । जेम्सका आँखा यति रातो भए कि सबैजना आत्तिएका थिए । यति ठुलो षड्यन्त्र भएर पनि लागुऔषध दिने व्यक्ति पक्राउ परेनन् ।

केट विन्सलेटलाई हिउँको पानीमा सुटिङ गर्दा हाइपोथर्मिया भएको थियो

घण्टौंसम्म पानीमा सुटिङ गर्दा धेरै मानिस रुघाखोकी, फ्लु र मिर्गौलाको संक्रमणको सिकार भएका थिए । जसमध्ये अभिनेत्री केट विन्सलेट पनि थिइन् । केट विन्सलेटलाई चिसो पानीमा सुटिङ गर्दा हाइपोथर्मिया भएको थियो । यसै क्रममा केटलाई पनि क्लाइम्याक्स सुटिङका ​​क्रममा निमोनिया भएको थियो ।

ज्याकलाई बचाउन लोअर क्लासमा जाँदै गरेकी रोजलाई पानीको बीचमा फसेको देखाइएके थियो । एउटा दृश्यमा, केट तेज बहावबाट आउँदै गरेको पानीमा फसेकी थिइन् । वास्तवमा उनको ज्याकेट गेटमा फसेको थियो जसबाट उनी निस्कन सकिरहेकी थिइनन् । उनले ज्यान बचाउनका लागि कोट फुकालेर जानु परेको थियो ।

सुटिङको क्रममा केट विन्सलेट निर्देशक जेम्स क्यामरुनसँग असाध्यै डराउँथिन् किनभने उनी उत्कृष्ट शतका लागि असाध्यै चिच्याउने गर्दथे । जेम्सको कडाईका कारण आजित भएर केटले आफू असाध्यै धनी नभएसम्म क्यामरुनसँग काम नगर्ने निश्चित गरिन् । केटलाई टाइटानिक डुब्ने शटको सुटिङ गर्दागर्दै आफू पनि डुबेर मर्ने हो कि भन्ने डर थियो ।

सुटिङमा तीन स्टन्टम्यानको हड्डी भाँच्चिएको थियो । यस्तै धेरै मानिसहरुले खतरा देखेर फिल्म छोडेर भागेका थिए ।

ज्याक डसन होइन, जे. डसन

लियोनार्डो डिक्याप्रियोले फिल्ममा ज्याक डसनको भूमिका निभाएका थिए, जुन काल्पनिक चरित्र थियो । सुटिङ सकिएपछि थाहा भयो कि  दुर्घटनामा डसन नामका एक यात्रुको मृत्यु भएको थियो । दुवैको थर मिल्नु संयोग मात्रै थियो तर फिल्म रिलिजपछि मिस्टर जे. डसनको चिहानमा उनी फिल्मको ज्याक डसन हुन् भन्ने सोचेर भीड लाग्न थालेको थियो ।

फिल्ममा देखिएका धेरै पात्रहरु वास्तविक थिए

फिल्ममा रोज, ज्याक जस्ता काल्पनिक पात्रहरू थिए । यस्तै त्यस्ता धेरै पात्रहरू पनि थिए जो साँच्चै त्यो जहाजमा थिए । जस्तै भर्खरै धनी बनेकी मार्गेट मली ब्राउन जसको भूमिका क्याथी बेट्सले निधाएकी थिइन् । यसमा जहाज बनाउने बिल्डर विक्टर गार्बर, क्याप्टेन बेनार्ड शिल समावेश छन् ।

जहाजको मूल ब्लुप्रिन्ट हेरेर सेट बनाइएको थियो

फिल्म बन्नुअघि सेट बनाउनका लागि टाइटानिक जहाजको वास्तविक ब्लु प्रिन्ट प्रयोग गरिएको थियो । टाइटानिक जहाज बनाउने बिल्डर्स हेराल्ड र वाल्फले निर्माताका लागि आफ्नो नीजि आर्काइभ खोलेका थिए जसमार्फत् उनीहरुलाई टाइटानिक जहाजलाई वास्तविक झैँ देखाउन मद्दत मिल्यो ।

चलचित्रमा सन् १९१२ को उच्च वर्गीय समाजका जनताको सही मनोवृत्ति देखाउन सबै कलाकारका लागि म्यानर्स इन्स्ट्रक्टर २४ सै घण्टा सेटमा हुन्थे ।

रोयल क्लासका मानिसहरुलाई उत्कृष्ट तरिकाले देखाउनका लागि डायनिङ टेबल भएको सीनमा वास्तविक बेलुगा केवियर डिश राखिएको थियो जसको मूल्य त्यतिबेला ४५०० डलर प्रति पाउन्ड थियो । यो विश्वको सबैभन्दा महँगो खानामध्ये एक हो । यो डिश एक विशाल बेलुगा माछाको अण्डाबाट बन्ने गर्छ ।

हरेक मिनेटको लागत १३ करोड

यो फिल्म २०० मिलियन डलरमा बनाइएको थियो । प्रत्येक एक मिनेट दृश्यका लागि १ मिलियन डलर खर्च भइरहेको थियो । बजेट बढेपछि वितरक र जेम्स क्यामरुनबीच निकै बहस हुने गर्दथ्यो । वितरकको चाहना फिल्म दुई घण्टाको मात्रै होस् भन्ने थियो ता कि खर्च पनि कम होस् । दुई घण्टाको फिल्म भयो भने एक दिनमा धेरै शो देखाउन पनि सकिनेछ र नाफा पनि बढी हुन्थ्यो तर निर्देशक मानेनन् ।  जेम्सले भन्ने गर्दथे – मेरो फिल्म त्यतिबेला मात्रै छोटो हुनेछ जब तपाईंले मलाई मार्नुहुन्छ । कुनै विकल्प भएन त्यसैले वितरक जेम्सको अगाडि झुक्नैपर्यो ।

यी गल्ती देखाइए

– टाइटानिक २ः२० मा डुबिसकेको थियो तर फिल्ममा जब हल पानीले भरिएको थियो तब घडीमा २ः१५ मिनेट भएको थियो ।

– द नाइट स्काई सीन, जसमा ताराहरुको दिशा वास्तविक घटना अनुसार गडबड थियो । सन् २०१२ मा फिल्म पुनः रिलिज गर्दा यो दृश्य सुधारिएको थियो ।

– फिल्मको ५३ औँ मिनेटको एक दृश्यमा, ज्याकले रोजलाई सान्ता मोनिका पियरमा रोलर कोस्टर राइडमा जाने भनेर भन्छन् । तर वास्तवमा सन् १९१६ मा रोलर कोस्टर बनेको थियो । जबकी टाइटानिक सन् १९१२ मा डुबेको थियो ।

– बन्दरगाहमा टाइटानिकको प्रतिकृति बनाउँदा यसको दिशा गलत थियो । मौसमविदका अनुसार हावाको दिशा उत्तरबाट दक्षिणतर्फ थियो । जसका अनुसार फनेलको धुवाँ पनि उत्तरबाट दक्षिणतर्फ जानुपर्ने थियो तर निर्माताले उल्टो छायांकन गरेका थिए ।

– यही एउटा गल्तीलाई सच्याउनका लागि निर्माताले फिल्मका सबै दृश्य उल्टो दिशामा खिच्नुपरेको थियो । यसपछि अन्तिम सम्पादनमा पनि सबै दृश्य उल्ट्याइयो ।

– ४० मिनेटको दृश्यमा, ज्याकले रोजलाई विस्कॉन्सिनको विसोटा तालमा आफूले माछा मारेको बताउँछन्, यद्यपि यो ताल टाइटानिक डुबेको ५ वर्षपछि बनेको थियो ।

– उद्धारपछि रोज न्युयोर्क पुग्दा स्ट्याचु अफ लिबर्टी देखाइएको थियो । यद्यपि, सन् १८८६ मा बनेको यो स्ट्याचुको रङ खैरो थियो जुन ३५ वर्षपछि फेरिन सुरु भएको थियो । सन् १९१२ सम्म स्ट्याचुको रङ खैरो नै थियो तर फिल्ममा यसलाई कपर ग्रीन नै देखाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP