काठमाडौँ — थाइल्याण्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभ्लपमेन्ट(इन्स्टेड)सँगको सहकार्यमा तयार भइरहेको ‘डाँफे’ स्याटेलाइट मिसनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले १ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । पहिले ‘नेपाली स्याट-२ पदयात्री’ नाम राखिए पनि पछि यो मिसनको नाम ‘डाँफे’ राखिएको थियो ।

नास्टको विज्ञान तथा प्रविधि संकायको भवनमा रहेको ‘मेकर्स स्पेस’मा अन्तरिक्ष प्रतिष्ठान नेपालले यसको इन्जिनयरिङ मोड्यल तयार गरेको नेपाली स्याट-१ का निर्माणकर्ता आभाष मास्केले कान्तिपुरलाई बताए । उनले भने, ‘हामीले इन्जिनियरिङ मोड्युल तयार गरिसक्यौं । अब इन्टरफेस केन्ट्रोल डेभ्लोपमेन्ट(आईसीडी)को काम बाँकी छ ।’ आईसीडीमा एउटा सिस्टमले अर्को सिस्टमसँग कसरी काम गर्ने भन्नेमा केन्द्रीत रहेको उनले बताए । हाल डाँफे निर्माणका अन्य कामहरू काठमाडौं विश्वविद्यालयमा भइरहेको छ ।

थाइल्यान्डमा इन्स्टेडले निर्माण गरिरहेको ‘मल्टी पे लोड क्युब स्याट’मा डाँफे मिसन समावेश छ । यो ३यूको क्युब स्याट हो । यो क्युब स्याट मल्टी पेलोड क्युब स्याट प्लेटफर्म हो जहाँ विभिन्न पीसीबी राख्न मिल्छ । डाँफे मिसन त्यसैको एउटा हिस्सा हो । नेपालमै तयार गरिएको प्रिन्टेट सर्किट बोर्ड (पीसीबी) राखिने उनले जानकारी दिए ।

पीसीबीमा स्पेस र ग्राउन्ड गरेर दुईवटा खण्ड (सेगमेन्ट) रहेका छन् । ग्राउन्ड सेगमेन्टका लागि ग्राउन्ड सेन्सर टर्मिनल(जीएसटी) बनाइएको छ । यो टर्मिनलले धेरै सेन्सरबाट तथ्यांक संकलन गरेर पठाउने काम गर्ने मिसन म्यानेजर एवं इन्जिनियर जनार्दन सिलवालले बताए । उनका अनुसार रेडियो फ्रिक्वेन्सीमार्फत् जीएसटीले सेन्सरबाट तथ्यांक संकलन गर्ने, प्रोसेस गर्ने, राख्ने र ट्रान्समिट गर्ने काम गर्छ ।

डाँफे मिसनको स्पेस सेगमन्टमा दुई वटा परीक्षण हुँदैछन् । जसमा पीएक्स-४ अटोपाइलट डेमोन्स्ट्रेसन मिसन छ । यो ड्रोन प्रविधिमा प्रयोग हुँदै आएको पीएक्स ४ सफ्टवेयर हो । ‘यो सफ्टवेयरले अन्तरिक्षमा कसरी काम गर्न सक्छ, अन्तरिक्षको वातावरणले के कस्तो असर गर्न सक्नेछ भन्नेबारे अध्ययन गर्दैछौं,’ सिलवालले कान्तिपुरसित भने,’यो प्रयोग सफल भएमा क्युबस्याटको मिसन निर्माणको खर्चसँग स्याटेलाइट निर्माण गर्नका लागि लाग्‍ने समय पनि घट्नेछ ।’

अर्को मिसनमा स्याटेलाइट सिस्टम अन चिप(एसएसओसी) डेमोन्स्ट्रेसन मिसन सन् २०२०को अन्तिममा रिलज भएको सिस्टम हो जसमा ‘रेडियो टेलिमेट्री सिस्टम’ जडान गरिएको छ । यो डिअल कोर प्रोसेसर, फ्लास स्टोरेज, र्‍याम र अन्य कम्युनिकेसन इन्टरफेस भएको ५ एमएम वर्गको चिप हो । यो चिपले तथ्यांक विश्लेषण, प्रोसेसिङ र कम्युनिकेसनको काम गर्ने र परीक्षण सफल भएमा अन्य मिसनहरूमा प्रयोग गरिने उनले बताए ।

डाँफे मिसनका मुख्य गरी तीनवटा उद्देश्य रहेको उनले जनाए । स्याटेलाइट मिसनका लागि चाहिने योग्य जनशक्तिको निर्माण, स्पेस मिसन र परियोजनाहरूसँग सम्बन्धित संरचनाको विकास र

विज्ञान कुटनीतिको विकाससँग राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूबीच साझेदारी गर्नु यो परियोजनाको उद्देश्य रहेको अन्तरिक्ष प्रतिष्ठानले जनाएको छ ।

‘डाँफे’को इन्जिनयरिङ मोड्युलाई कृत्रिम रुपमा तयार गरिएको अन्तरिक्ष वातावरणमा परीक्षण गरिएको थियो । जहाँ भ्याक्युम च्याम्बर प्रयोग भएको थियो । जसको तापक्रम माइनस ४० डिग्रीदेखि प्लस ५५ डिग्री सेन्टिग्रेडसम्मको थियो । यो परिक्षण भारतको बैंग्लोरमा गरिएको थियो ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले मुनाल मिसनको पनि तयारी गर्दै छ । यो विद्यालय तहका विद्यार्थीहरूलाई समावेश गरेर निर्माण भइरहेको क्युब स्याट हो । दुवै परियोजनाका लागि ५० लाख खर्च हुने बताइएको छ ।

इन्जिनियर एवं अन्तरिक्ष प्रतिष्ठानका संस्थापकसमेत रहेका मास्केका अनुसार ‘डाँफे’ नास्टले जुराएको नाम हो । बर्डस् परियोजना अन्तर्गत नेपाली-स्याट-१ निर्माण भएको र त्यहाँ चराहरूको नाम दिइएकाले मिसनको नाम पनि चराबाटै दिइएको मास्कको भनाइ छ ।

डाँफेको प्रक्षेपण यही वर्ष गर्ने तयारी भए पनि कोरोनालगायत अन्य विविध कारणले सन् २०२३मा सारिएको उनले जानकारी दिए ।

स्याटेलाइट निर्माण सम्बन्धी सम्पूर्ण प्राविधिक र परीक्षण गर्ने काम प्रतिष्ठानले गर्नेछ भने आर्थिक सहयोग नास्टले उपलब्ध गराउने सम्झौता भएको छ । सन् २०२१को अप्रिलदेखि डाँफे निर्माण गरिएको थियो ।

नास्टले विनियोजन गरेको यो रकम डाँफे मिसनसँगै रिमोट सेन्सिङ कार्यक्रम, ग्राउन्ड स्टेसन सञ्चालन कार्यलाई नियमितता, प्राविधिक प्रशिक्षण सञ्चालनमा खर्च हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP