मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेको तर्फबाट बुटल उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार बावुराम भटराईले आफुले बुटवलको अगुवाई गर्दा बुटवलको बिकासमा गर्ने कामहरुलाई समेटदै आफ्नो प्रतिवद्धता पत्रमा ७ संकल्प सार्वजनिक गरेका छन्।

बुटवललाई आर्थिक राजधानि बनाउने पहिलो प्रस्तावको रुपमा राखेको एमालेले पर्यटन स्वास्थ्य शिक्षा पुर्वाधार बिकास लगायतका बिषयहरुलाई प्राथमिकताका साथ प्रतिवद्धता पत्रमा समावेश गरेको छ। यी हुन बुटवलको बिकासका लागि एमालेको प्रतिवद्धता पत्रका ७ संकल्प

पहिलो: बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गर्ने हो । अर्थात् आर्थिक राजधानी बनाउने हो। यो यत्तिकै बन्दैन। अर्थतन्त्र चलायमान हुनुपर्छ। उद्योग, ब्यापारलाई अनुकुल वातावरण वनाउने । शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने । तदनुसारका पूर्वाधार वनाउने। मोतिपुर औद्योगिक करिडोरलाई प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने हुन्छ । आर्थिक केन्द्र वनाउनका लागि हामीले गर्न सकिने कामहरु यस प्रकार छन् :

साना उद्योगहरु जसले धेरै ठूलो निर्यातको अंश लिएको छ। तिनलाई ब्यवस्थित गर्नका लागि नीतिगत ब्यवस्था गर्ने। काम गर्ने निजी क्षेत्रलेनै हो, हामीले वातावरण वनाइदिने हो।
स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिइ Branding (ब्राण्डिङ्ग) गरी प्रवद्र्धन एवम् प्रोत्साहन गर्ने साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवद्र्धनका लागि सहयोग र समन्वय गर्ने।
विभिन्न उद्योगहरूलाई आबश्यक पर्ने कच्चा पदार्थहरूको आवश्यकता पहिचान गरी स्थानीय जनतालाई त्यस्ता कच्चा पदार्थ उत्पादन गर्न प्रोत्साहन गर्ने।
कृषि तथा अन्य उद्योगीहरूबाट उत्पादित,प्रशोधित र बजारीकरणका लागि सहयोग गर्ने।
बुटवलको हाटबजारलाई आधुनिक बजारको रूपमा विकास गर्नका लागि जमिनमुनि भूमिगत बजार र माथि पार्किङ्ग रहने गरी नेपालकै नमुनायोग्य बहुउद्देश्यीय बजार केन्द्र वनाउने।
सोमबारे बजारलाई बहुतले ब्यावसायिक वजार केन्द्र निर्माण , विभिन्न स्थानहरूमा रहेका बजारहरूलाई एकीकृत र विशिष्टीकृत गर्दै लगिने।
उद्योगहरू आकर्षित गर्नका लागि पहुँच सडक, खानेपानी, विद्युत आपूर्ति लगायतका पूर्वाधार उपलब्ध गराउनु साथै त्यस्ता उद्योगलाई आवश्यक पर्ने जग्गा दीर्घकालीन अवधिसम्म लीजमा प्राप्त गर्नका लागि सहजीकरण गरिने छ। त्यस्ता उद्योगहरूमा आवश्यक पर्ने तालिम प्राप्त श्रमिकहरू पालिकाले व्यवस्था मिलाइदिने
रोजगारदाता र श्रमशक्तिका बीच समन्वय गर्नका लागि स्थापित Labour Bank Portel Apps लाई प्रभावकारी बनाई श्रम आपूर्ति र रोजगार व्यवस्थापनको कार्य गरिने
वैदेशिक रोजगारीबाट फिर्ता भएका र स्वदेशमै उद्यमशील हुन चाहनेहरूलाई परियोजना बैंक बनाइने छ। यसका लागि प्रत्येक वडाहरूबाट त्यहाँको सीप, क्षमता र आवश्यकताको आधारमा रोजगारी सिर्जनासंँग सम्बन्धित परियोजना प्रस्ताव आह्वान गरिने छ। छनौट भएका परियोजनाहरूलाई क्रमशः कार्यान्वयन गरिने छ। यसका लागि उपमहानगरले आवश्यक प्राविधिक एवम् वित्तीय सहयोग पु¥याउने छ।
नव प्रवर्तनीय उद्यमको विकासका लागि हरेक वर्ष युवा उद्यमशीलता सम्मेलनको आयोजना गरी छनौट भएका उद्यमलाई प्रोत्साहन तथा सहजीकरण गरिने छ।
हरित,उत्थानशील र समावेशी आर्थिक विकास GREEDको नीति अवलम्बन गरिने छ।
उद्ममशीलता विकास इकाई स्थापना गरी विभिन्न तहका सरकारी एवम् अन्य निकायहरूमार्फत उद्यमशीलताका क्षेत्रमा प्राप्त हुने सहुलियत पूर्ण बैँकिङ्ग सुविधा, अनुदान, सीप विकास तथा उद्यमशीलता सम्बन्धि तालिम एवम् उत्पादनहरूको उपयुक्त बजारीकरण जस्ता क्षेत्रमा सम्बन्धित व्यक्तिलाई सहयोग तथा सहजीकरण गर्ने
वनको दीगो व्यवस्थापन गरी वन उद्यममा आधारित स्थानीय उद्यमको विकास गरी हरियाली रोजगारीको प्रवद्र्धन
संरक्षित कृषि नीति अवलम्वन गरिने छ । कृषि वजारको ब्यवस्था
यी सवै काम हामीलेनै प्रयत्न गरेर हुने हो र यसो गर्दा यो आर्थिक राजधानीको रुपमा विकसित गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

दोश्रो : बुटवल ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्र पनि हो। पुरानो बटौलीलाई परम्परागत वजारको सन्देश दिन सकिने गरी ऐतिहासिक सम्पदा वस्तीको रुपमा विकास गरेर पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सकिन्छ। त्यो गर्नुपर्छ। अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालिन दरवार पुरातात्विक महत्वको हिसावले अर्थपूर्ण छन्।

यिनको विकास, संरक्षण र सम्वद्र्घनका लागि केही प्रयास भएका छन् जसलाई अझै ब्यवस्थित र नयाँपन गराउनुपर्ने छ। जितगढी किल्लाको डीपीआर वनेको छ। त्यसलाई तुरुन्त कार्यान्वयन गरिने छ। १ करोड १० लाख वर्ष पुरानो मानव अवशेष रहेको यो क्षेत्र अर्को पहिचान गर्न सकिने विषय हो । यी सवै विषयलाई स्थापित गर्दा पनि बुटवलको पहिचान बढाउन सकिन्छ जो मैले गर्ने छु।

तेश्रो: बसाई सराईको हिसावले बुटवल आकर्षणको केन्द्र हो। उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, स्वास्थ्य उपचारको सहज पहुँच भएको र रोजगारीका पर्याप्त सम्भावना भएको यो क्षेत्र हुनुले वसाई सराईको चाप बुटवलमा छ। यसका लागि पर्याप्त जग्गाको अभाव छ। भएको जग्गालाई ब्यवस्थापन गरेर आधुनिक र ब्यवस्थित सहर वसाल्नुको विकल्प छैन। मोतिपुर र सेमलार त्यसका लागि सम्भाब्य क्षेत्र हो। बहुतले घर वनाएर नयाँ आवासको ब्यवस्था गर्ने योजना उपमहानगरले बनाउने हो । उपयुक्त लगानीको वातावरण वनाइदिने हो। यति गर्दा बुटवलले नयाँ आउन चाहनेलाई एक हदसम्म ब्यवस्थापन गर्न सक्छ भन्ने मेरो विश्वास छ।

चौथो : नेपालमा ५ वटा सहरको नाम लिने हो भने राजधानी बाहिरबाट ३ नं. भित्र बुटवलको नाम आउँछ। भौतिक पूर्वाधारको हिसावले बुटवल मात्र हैन रुपन्देही जिल्लानै विकासको मानक हो। अव यसलाई आधुनिक र अन्तरराष्ट्रिय सहरको रुपमा विकसित गर्ने दायित्व यो उपमहानगरको हो। यसले गर्ने विकासले समग्र जिल्ला र मुलुकलाईनै प्रभाव पार्छ। यो कुरा मैले अनुभूत गरेको छु। यस अर्थमा दुरगामी प्रभाव पार्ने काम गर्नुपर्छ भन्ने मलाई लागेको छ।

पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने
विकसित, आधुनिक र सभ्य सहरका लागि चाहिने पूर्वाधारको तयारी गर्नुपर्ने छ। यो भनेको प्रकारान्तरले शिक्षा, स्वास्थ्यको पर्याप्तता, सफा—स्वच्छ नगर, हरियाली, रोजगारीको व्यवस्था आदि इत्यादी मिलाउनु हो।
बुटवलका मुख्य सडक र राजमार्गहरूलाई न्चभभल,ऋभिबल र ीष्नजतष्लन को व्यवस्था गरी सौन्दर्यीकरण गरिने
बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनीसम्मको पर्यटकीय बस सेवा सञ्चालन
पर्यावरण मैत्री यातायात सञ्चालनलाई प्रोत्साहन
सम्पूर्ण सडक किनारामा वृक्षरोपण अभियान सञ्चालन गरिने
स्वच्छता सुनिश्चित हुने गरी सुखौरा खोलाको आधुनिक व्यवस्थापन
ज्येष्ठ नागरिक मिलन केन्द्रलाई सवै वडामा विस्तार गर्नुका साथै ती केन्द्रलाई सुविधा सम्पन्न बनाइने
मुख्य राजमार्गहरूमा अव्यवस्थित विद्युतीकरणलाई भूमिगत व्यवस्था
विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युत् एम्बुलेन्स सञ्चालन
मगरघाट,मैनाबगर र कर्सा घाटमा विभिन्न संघसंस्था तथा निजी क्षेत्रको समन्वय तथा सहकार्यमा विद्युतीय शवदाह केन्द्रको निर्माण
पाँचौ : सुकुम्वासी, अब्यवस्थित वसोवास धेरैलाई लाग्छ बुटवलको समस्या हो। तर यो समस्या हैन समाधान हो। भूई तहका मान्छेको ब्यवस्थापन गर्दा यो अझै ब्यवस्थित हुन सक्छ। उनीहरु यहाँ किन आउन खोज्छन् भन्दा खेरी यहाँ वाँच्न सकिन्छ। वाँच्न सक्ने वातावरण बुटवल आफैले गरेको छ भने यसलाई थोरै मात्र ब्यवस्थापन गर्दा सहरको आवश्यकता पूरा हुन सक्छ। आबश्यकता मात्र हैन सशरको सुन्दरता वढ्छ। वसोवासको स्थायित्व उनीहरुको प्रमुख समस्या हो भने यसको समाधान गर्ने दायित्व हाम्रो हो। बुटवललाई चाहिने श्रम आपूर्ति भएकै छ भने उनीहरुलाई थोरै मात्र शिपको व्यवस्था गर्दा अझै वढी उन्नत हुन सक्छ। यो आवश्यकता पूरा गर्नका लागि वुटवलले एक्लै नसक्ला संघ, प्रदेशसमेतलाई प्रयोग गरेर हामीले पर्याप्त ब्यवस्थापन गर्न सकिन्छ।

छैठौं : नेपालमा विस्तारै शिप, योग्यता र क्षमता भएका ब्यक्ति बाहिरिदै छन् । उनीहरुलाई वाहिर पठाएर हाम्रो विकास हुनै सक्दैन भन्ने कुरामा म ढुक्क छु । त्यसैले हाम्रो योग्य र शिपयुक्त जनशक्तिलाई कसरी ब्यवस्थापन गर्ने भनेर कार्ययोजना वनाउने तर्फ म सम्पूर्ण रुपले लाग्ने छु ।

सातौं : रुपन्देही जिल्ला गौतमवुद्वको पवित्र भूमि हो। यसले हामीलाई धेरै ठूला अवसर सृजना गर्नसक्छ। अन्तरराष्ट्रिय विमानस्थल वनिसकेको छ। यस अर्थमा लाखौं पर्यटकहरु आउन सक्ने वातावरण वन्दै छ। यो अवसरलाई बुटवलले कसरी फाइदा लिन सक्छ ? नजिकै हिल स्टेशन वनाउन सकिने अवस्था पनि छ। तिनाउमा ठाउँ ठाउँमा चेक ड्याम बनाएर जल पर्यटनको व्यवस्था गर्न सकिने उत्तिकै सम्भावना छ। यो सम्भावनालाई निजी क्षेत्रसंग कसरी सहकार्य गर्न सकिन्छ ? यसप्रति मेरो पुरै ध्यान जाने छ।

@samaychakra

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP