
संयुक्त राष्ट्र सङ्घ बाट अन्तराष्ट्रिय नारी दिवसको लागि “Gender Equality Today for Sustainable Tomorrow” नारा दिइएको छ जसको दिर्घकालिन भविस्यको लागी आजको लैङ्गिक समानता लाई मुल मुद्दा बनाइएको छ । त्यसैगरी रणनैतिक नाराको रुपमा “Break the Bias” राखेको छ । यसले के भनेको छ भने विश्व विविधताले भरिएको छ र त्यो विविधता भित्र समानाता र समवेसिता हुनुपर्छ, त्यहाँ विविधतालाई उच्च मुल्यांकनका साथ मनाईनु पर्छ भन्ने आसय बोकिएको छ ।
International Women’s Day (IWD) अर्थात अन्तराष्ट्रिय नारी दिवस मनाउदै गर्दा यसको इतिहास र त्यसको संस्थापकहरुलाई सम्झिनुपर्ने हुन्छ । सन १९११ मार्च १९ मा पहिलो पल्ट यूरोपका विभिन्न देशहरु अस्ट्रीया ,डेन्मार्क ,जर्मनी र स्विजरल्यन्ड का बिभिन्न सडकहरुमा ‘ महिलाहरुका निम्ती समान अधिकार्’ विशेष गरी मताधिकार को माग राख्दै लाखौको सङ्ख्यामा मानिसहरु सडकमा निस्किएका थिए । त्यसैगरी सन १९१३ को फेब्रुअरी अन्तिम शनिबार पहिलो पल्ट रूसमा Russian Women’s Day मनाइएको थियो त्यहाँ सहभागीहरुले चल्दै गरेको प्रथम बिश्व युद्दको अन्त्य र भोकाएका हरुलाई खाना “ Bread and Peace “भन्ने नारा थियो । जस्को फलस्वरुप रूसमा महिलाहरुलाई “ Right to Vote” सन १९१७ मा प्रदान गरियो । सन १९१४ मार्च ०८ मा जर्मनीमा अन्तराष्ट्रिय नारी दिवस मनाइयो, यहाँ पनि सहभागिहरुले कडा रुपमा “ Right to Vote” को नारा लाई आगाडी सारेका थिए र जर्मनीमा सन १९१८ मा मात्र महिलाहरुलाई मताधिकार उपलब्धा गराइयो ।
अन्तराष्ट्रिय रुपम महिला दिवस मनाउन १९ मार्च १९११ बाट सुरु गरिएको भयतापनी १९१४ बाट मार्च ०८ लाई यो दिवसको रुपमा मनिएको छ । सन १९७५ लाई International Women’s Year को रुपमा मनिएको थियो । तत्पश्चात मात्र संयुक्त राष्ट्र सङ्घले यस्लाई मन्यता दियो र त्यही बर्ष बाट अन्तराष्ट्रिय नारी दिवसको नारा उपलब्ध गराउने र financing support गर्ने काम संयुक्त राष्ट्र सङ्घले नै गर्दै आएको छ ।
यसरी हेर्दा लैङ्गिक समानता को निम्ती भएका आन्दोलन र यस्को लामो इतिहास भएतापनी पितृसत्ता ले जरा गाडेको हाम्रो नेपाली समाजमा पितृसत्तात्मक सोच र ब्यबहारमा पूर्ण रुपमा परिवर्तन आउन सकेको छैन । केहि हद सम्म कामको हिसाबले ,पाउने ज्यालादारी को हिसाबले समान भनिएता पनि काम गर्ने कार्यालय , धर्मिक कृयाकलाप , राजनीतिक क्षेत्र , समजका ब्यबहारिक पक्ष हरुमा अझै पनि विभेद कायमै छ । महिलाहरु कार्यरत कार्यालयहरुमा अझै पनि महिला कर्मचारीहरुलाई हेर्ने दृस्टिकोण पूर्ण रुपमा परिवर्तित छैन । धार्मिक क्षेत्रमा हेर्यो भने पनि धार्मिक ग्रन्थहरु लेख्ने ,धर्मिक प्रबचन दिने यज्ञादी सम्पन्न गर्ने काममा पुरुषहरुको हाबी रहिरहेको छ भने महिलाहरुलाई घर भित्रका समान्य धर्मिक कृयाकलाप हरु मात्र दिइएको छ । यसैगरी राजनीतिक क्षेत्रमा लोकप्रियता र महिलाहरुको मत बटुल्नका निम्ती राजनीतिक पार्टी हरुका आफ्ना दस्ताबेजहरुमा कस्ले बढी अधिकार र अबसर प्रदान गर्न सकिन्छ भन्ने होडबजी छ भने त्यस्लाई कार्यन्वयन गर्ने तबर मा कही पनि महिलालाई स्वतन्त्र रुपमा आफ्नो उपस्थिती र अभिब्यक्ती राख्ने सम्मको अधिकार छैन ।
बनाइएका र दिइएका अवसरहरु प्रप्त गर्दैमा महिलाहरुले अधिकार पएको भन्न सकिदैन । दिइएको आरक्षणलाई सौभागय सम्झिएर त्यसैमा रमाउदै गरेका महिलाहरु पूर्ण रुपमा आफ्ना अधिकारहरु न त प्रप्त गर्न चाहन्छन न त सक्छन नै । यहाँ सम्म कि माथिल्लो तहमा देखिएका महिलाहरु , उनिहरुमा स्वतन्त्र अभिब्यक्ति दिने अधिकार छैन । जहाँबाट उनिहरुलाई पठाइएको छ वा बनाइएको छ , त्यहिबाट सेन्सर गरिएका कुरा मात्रै अभिब्यक्त गर्नु पर्ने स्थिती रहेको छ । समाजिक रुपमा हेर्ने हो भने समाज अझै पनि महिला मैत्री भइसकेको छैन , जहाँ अझै पनि अन्धविश्वास र सामाजिक कुरिती हरु कायमै छन । यि सबै कुराको सही बिश्लेषण सहित समान महिला अधिकार प्राप्तीका निम्ती सर्बप्रथम त समाज सिक्षित हुन जरुरी छ ।
समान अधिकार , समान न्याय, समान समजिक एबम धर्मिक सुब्यबस्थाका निम्ती हाम्रा सोच हरु बदलिन आवश्यक छ । कुनै पनि पद्, प्रतिष्ठा , सामाजिक स्थिती , कार्य क्षेत्र आदी महिला मैत्री छ कि छैन , स्वयम महिलाले बुझ्न र बिश्लेषण गर्न जरुरी छ र आफुलाई दिइएको अधिकार स्वन्तन्त्रता पुर्वक प्रयोग का निम्ती महिला आफै सचेत हुन आवश्यक छ , यसका निम्ती International Women’s Day 2022 अझ प्रेरणादायी र फलदायी बनोस । बिश्व्का सम्पूर्ण महिलाहरुमा अन्तराष्ट्रिय नारी दिवस २०२२ को शुभकामना ।