मंगलबार , जेठ ७, २०८२

साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत ल्याइएको यही साइकल त्यसबेलाका राणा श्री ३ महाराजाका छोरा नातिका लागि ‘केही साइकल’ भित्रिएको अनुमान छ ।श्री ३ वीर शमशेरका वैज्ञानिक छोरा गेहेन्द्र शमशेरको निधन भइसकेको हुँदा नेपालमा साइकलको कुनै ‘वैज्ञानिक आविष्कार’ हुन पाएन । तर, उनका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको इतिहासमा उल्लेख छ ।

तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौः उहिले र अहिले’मा सूर शमशेर नै साइकल भित्र्याउने व्यक्ति रहेको अनुमान सन् १९०३ गरिएको छ । तर, भारतमा अंग्रेज सरकारका समय पहिलो खेप सन् १९१० मा ३५ हजार थान साइकल भित्रिएको हुँदा सोही समय नै नेपालमा साइकल भित्रिएको सहजै बुझ्न सकिन्छ । यसपछि भारतीय व्यापारी सुधीरकुमार सेनले भारतमा साइकल व्यवसाय सुरुवात नै गरे । उनले बेलायतको प्रख्यात साइकल ‘रेलै साइकल’ ‘सेन रैले’ साइकल उत्पादनसमेत गरे ।

सन् १९१० अर्थात् विसं १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्र्याउने सूर शमशेर सौखिन राणा सन्ततीमा पर्दथे । श्री ३ वीर शमशेरले काठमाडौंको सबैभन्दा बढी सुविधासम्पन्न सेतो दरबार छोरा गेहेन्द्रका लागि बनाइदिए पनि उनको युवाकालमै देहान्त भएपछि सो दरबार सूर शमशेरको हकमा आएको थियो । सौखिन सूर शमशेरले त्यतिबेलै मूक चलचित्रको ठूलो संग्रह सेतो दरबारमा राखेका थिए । उनी अत्तरका सौखिनसमेत थिए । जसका कारण विभिन्न किसिमका अत्तरको संग्रहसमेत उनले गरेका थिए ।

बाजे धीरशमशेर लखनऊमा आक्रमणमा जाने समय नवावको दरबारबाट लिएर आएका विभिन्न अत्तर उनको संग्रहमा थिए । तर, दुखद १९९० वैशाखमा सेतो दरबारमा भएको भयानक आगलागीमा दरबारमात्र होइन, उनको संग्रहमा रहेका कतिपय महत्वपूर्ण वस्तु जलेर नष्ट भए । भनिन्छ, अत्तर संग्रहमा आगलागी हुँदा त्यसको वास्नाले पूरै काठमाडौं सहर सुगन्धित भएको थियो ।

सूर शमशेरको समय सौखिन राणाबीचमै सीमित रहन पुगेको साइकल यसको केही समयपछि नै विश्व युद्धको चपेटामा प्रमुख राष्ट्र पुगेपछि नेपाल पनि अछुटो रहन सकेन । नेपालका तत्कालीन महाराजा श्री ३ चन्द्र शमशेरले पनि अंग्रेजको सहायतार्थ नेपाली युवालाई गोर्खाली सैनिकका रूपमा युद्धमा होमिन बाध्य बनाए ।

साथै, नेपाली सेनालाई पनि छोरा बबरशमशेर नेतृत्वमा प्रथम विश्वयुद्धमा पठाए । युद्धका कारण दुई लाख नेपाली होमिए भने करिब २० हजारले जीवन गुमाए, त्यति नै संख्यामा अंगभंग भएर स्वदेश फर्किए ।

युद्धले नेपाली युवाको मृत्यु भए पनि फर्किएका नेपाली लाहुरेले भने तत्कालीन समय करिब १५ करोडबराबरको भारतीय कम्पनी तथा विभिन्न जिन्सी भित्र्याएका थिए । यसरी भित्रिएको जिन्सीमा साबुन, चुरोट, लाइटर, ब्लेड, तास, जुत्ता, मोजालगायत थिए । यसका साथै कतैकतै आफूले युद्धमा प्रयोग गरेको साइकलसमेत लिएर आएको इतिहासमा भेटिन्छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP