सोमबार , अषोज २६, २०८३

नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो चौमासिक प्रतिवेदनअनुसार साउनदेखि कार्तिकसम्म नेपाल भित्रिने रेमिट्यान्स लगातार घटिरहेको पाइएको हो।

गत साउनमा १८ प्रतिशतले घटेको रेमिट्यान्स असोजमा करिब ८ प्रतिशतले र कार्तिकमा ७.५ प्रतिशतले घटेको छ।

राष्ट्र ब्याङ्कका अनुसार अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो।

साउनदेखि कार्तिकको अवधिमा रेमिट्यान्सबापत तीन खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ नेपाल भित्रिएको छ।

घट्नुका कारण के?

विदेशबाट अनौपचारिक च्यानलमार्फत् पैसा पठाउनु रेमिट्यान्समा कमी आउनुको एउटा कारण हुनसक्ने राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्।

“हाम्रा कामदारले पाउने डलर व्यापारीहरूले उतै खरिद गरी स्वदेशमा उनीहरूलाई नेपाली रुपैयाँ भुक्तानी गरिरहेको हुनसक्छ,” बीबीसीसँग उनले थपे।

यो कुरामा पूर्वअर्थसचिव रामेश्वर खनाल पनि सहमत देखिन्छन्।

रेमिट्यान्स घट्दा के हुन्छ?
रेमिट्यान्सलाई लिएर अहिले नै चिन्ता गर्नुपर्ने अवस्था नआएको राष्ट्र ब्याङ्कका अधिकारीहरूको तर्क छ।

“रेमिट्यान्स रकममा त्यति धेरै उतारचढाव देखिएको छैन। त्यसैले अहिले नै चिन्ता गरिहाल्नुपर्ने स्थिति छैन,” सहप्रवक्ता पोखरेलले भने।

सङ्क्रमण दर केही मत्थर भएसँगै पछिल्लो समय कामदारको माग बढेकोले पनि यो स्थति लम्बिन नसक्ने अधिकारीहरूको विश्वास छ।

तर अर्थविद्‌ आचार्यका अनुसार तीन-चार महिनाकै अवधिमा एक अर्ब डलरसम्म रेमिट्यान्स घट्नु नेपालका लागि सुखद नहुन सक्छ।

“यो प्रवृत्ति महिनौँ लम्बिँदै गयो भने भोलि गएर हाम्रो अवस्था पाकिस्तानको जस्तो पनि हुन सक्छ।”

“त्यो भनेको हामीलाई मन नपर्ने सर्तहरूमा पनि हामीले वैदेशिक ऋण लिनुपर्ने हुन सक्छ,” अर्थविद्‌ आचार्यले सचेत गराए।

विप्रेषण आप्रवाह घट्दा त्यसको प्रत्यक्ष असर भुक्तानी सन्तुलन र कुल विदेशी विनिमय सञ्चितिमा पर्ने अर्थ सचिव खनाल बताउँछन्।

“भुक्तानी सन्तुलन बिग्रँदा विगतमा एक पटक नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई उधारोमा पेट्रोलियम पदार्थ दिन आग्रह गर्नुपरेको थियो,” पूर्वअर्थसचिव खनाल भन्छन्।

“त्यस्तो अवस्था आयो भने पेट्रोलियम पदार्थका लागि काठमाण्डूमा लामो लाइन बस्नुपर्ने हुनसक्छ।”

“हाम्रो भुक्तानी सन्तुलन कम भयो भने डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुन्छ र मुद्रास्फीति बढ्न थाल्छ। टर्कीमा अहिले त्यस्तै भएर दैनिक २०-२२ प्रतिशतसम्म महँगी बढिरहेको अवस्था छ,” सर्वसाधारण मानिसलाई पर्न सक्ने प्रभावबारे उनी भन्छन्।

राष्ट्र ब्याङ्कका सहप्रवक्ता पोखरेलका अनुसार नेपालसँग अहिले सात महिनाजतिलाई पुग्नेगरी वस्तु आयातका लागि विदेशी विनिमय सञ्चिति रहेको छ।

समाधानका उपाय के?

स्थिति खराब हुँदै गए आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने हुनसक्ने पोखरेल बताउँछन्।

त्यसमा विदेशबाट निश्चित रेमिट्यान्सको सट्टा धेरै सामान ल्याउने प्रवृत्तिमाथि नियन्त्रण लगायतका कदम पनि हुनसक्ने उनले उल्लेख गरे।

यद्यपि प्रवक्ता पोखरेलले भनेझैँ निश्चित रेमिट्यान्सको सट्टा नेपाली कामदारहरूले विदेशबाट सामान ल्याइरहेकोमा आशङ्का छ।

“त्यसरी ठूलो मात्रामा नेपाल सामान आइरहेको भए त्यसको किनबेच भएको पनि देखिनुपर्ने हो,” पूर्वअर्थसचिव खनालले भने।

नेपाली व्यापारीहरूले कामदारहरूबाट सम्बन्धित मुलुकमै विदेशी मुद्रा खरिद गर्ने प्रवृत्तिमाथि राष्ट्र ब्याङ्कले नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ।

त्यसबाहेक भुक्तानी सन्तुलन ब्रिगँदै गएमा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतसँग ऋण लिनुपर्ने खनाल बताउँछन्।

अर्थिविद्‌ पाण्डेका अनुसार नेपालले यो समस्यासँग जुझ्न विभिन्न अल्पकालीन तथा दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने हुन्छ।

“उत्पादन क्षमता बढाएर निर्यात वृद्धि गर्नुपर्‍यो, कृषिमा लगानी बढाएर तरकारीको आयात घटाउन सकिन्छ,” उनले सुझाए।

“त्यसैगरी नेपालले पेट्रोलियम पदार्थको प्रयोग घटाउन बिजुलीको प्रयोगलाई बढाउँदै लैजानुपर्‍यो।”

यद्यपि यी विषयमा राज्यको ध्यान जान नसकेको भन्दै अर्थविद्‌ पाण्डेले निराशा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP