
ओमिक्रोन भेरियन्टका दुईजना संक्रमित भारतमा देखिएपछि नेपालमा पनि यसको त्रास देखिएको छ । यसको लक्षण र पहिचानबारे बहस पनि सुरु भएको छ । दक्षिण अफ्रिकी सरकारलाई ओमिक्रोन भेरियन्टबारे जानकारी गराउने अफ्रिकी मेडिकल असोसिएशनकी अध्यक्ष एन्जेलिक कोएट्जीले यसबारे जानकारी दिएकी छिन् ।
कोएट्जीका अनुसार ओमिक्रोनद्वारा संक्रमित व्यक्तिको लक्षण डेल्टा भेरियन्टभन्दा भिन्न र हल्का छन् । ओमिक्रोनमा धेरैजसो थकाई लाग्ने र टाउको दुख्ने लक्षण देखिएको छ । यसका लक्षण र पहिचानबारे थप थाहा पाउनुहोस्ः
दक्षिण अफ्रिकामा ओमिक्रोनको अनुसन्धानले के भन्छ ?
१. ओमिक्रोनद्वारा संक्रमित पाइएका व्यक्तिलाई जिउ दुख्ने, असाध्यै टाउको दुख्ने र थकाई लाग्ने हुन्छ ।
१. ओमिक्रोनद्वारा संक्रमित पाइएका व्यक्तिलाई जिउ दुख्ने, असाध्यै टाउको दुख्ने र थकाई लाग्ने हुन्छ ।
३. डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनको लक्षण भिन्न र हल्का छ ।
४. ओमिक्रोन भेरियन्ट आरटी–पिसिआरमा देखिन्छ ।
कोएट्जीले पहिलो पटक दिएकी थिइन् ओमिक्रोनबारे जानकारीः
एन्जेलिक कोएट्जीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे दक्षिण अफ्रिकी सरकारलाई पहिलो पटक जानकारी दिएकी थिइन् । उनका अनुसार हालसम्मको बुझाई अनुसार र्यापिड जाँचबाट कसैलाई कोरोना भए नभएको थाहा हुन्छ । यदि कुनै बिरामीमा डेल्टा जस्तो लक्षण छैन भने उनी ओमिक्रोनद्वारा संक्रमित भएको मान्न सकिने उनले बताएकी छिन् ।