बुधबार , अषोज २८, २०८३

अध्यादेशमार्फत फुटे पनि संसदमा पहिलो ठूलो दलको रुपमा नेकपा एमालेको पोजिसन कायमै रहेको छ। प्रतिनिधि सभामा १२१ संसदका साथ पहिलो पोजिसनमा रहेको एमाले दुई चिरा हुँदा पनि ९९ संसदका साथ पहिलो दल नै रहेको छ।

फुटेर बनेको नेकपा(एकीकृत समाजवादीमा) २२ जना सांसद गएका छन्। योसँगै नेपालको दल प्रतिनिधि सभामा चौथो शक्ति बनेको छ।

संसदमा दोस्रो ठूलो दलको पोजिसनमा नेपाली कांग्रेस यथावत रहेको छ। कांग्रेस निर्वाचन सम्पन्न भएदेखि नै दोस्रो दलको पोजिसनमा संसदमा उपस्थित थियो। कांग्रेसमा ६३ जना सांसद छन्। जसमध्ये दुई जना निलम्बित रहेका छन्।

संसदको तेस्रो ठूलो शक्ति हो नेकपा माओवादी केन्द्र। सर्वोच्च अदालतले नेकपा विवाद समाधान गरेसँगै नेकपा फुटेपछि नेकपा एमाले र माओवादी दुई चिरा बनेको थियो। माओवादीमा ४८ जना सांसद छन्। माओवादीका चार सांसद एमालेमा गएपछि सबैको पद गएको थियो। सांसद पद गुमाउनेमा लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन्।

पाँचौ ठूलो दलको भूमिमा उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी बनेको छ। यादवको पक्षमा १८ जना सांसद रहेका छन्।

३४ सांसद रहेको दलबाट १४ जना सांसद महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी गएसँगै थप अर्को दल बनेको छ।

ठाकुर अध्यक्ष रहेको लोसपा प्रतिनिधि सभाको छैटौं दल बनेको छ। संघीय संसदमा राष्ट्रिय जनमोर्चा, नेमकिपा र राप्रपाका एक एक जना सांसद रहेका छन्।

सत्ता गठबन्धनमा ६ दल

सर्वोच्च अदालतको परमादेशले बनेको नेपाली कांग्रेसको नेतृत्वको सरकारमा अब ६ दल पुगेको छ। निर्वाचन आयोगले बुधवार दुई दललाई प्रमाणपत्र दिएसँगै सरकारमा सहभागी हुने गठबन्धन दलको संख्या ६ पुगेको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र जनमोर्चा सत्तारुढ गठबन्धनका दल हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP