बुधबार , अषोज २८, २०८३

दिल्लीमा उपचाररत नेता झलनाथ खनालसहित थप चार जनाको निर्वाचन आयोगले बुधबार सनाखत नगरिदिने भएपछि नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा जुटेको माधव नेपाल समूह तनावमा परेको छ।

आयोगले मंगलबार एमाले छाडेर नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा समावेश हुन निवेदन दिएका तीन एमाले सांसद र एक केन्द्रीय सदस्यको बुधबार सनाखत नगराउने भएको छ।

सांसद सोमप्रसाद पाण्डे, शारदा भट्ट, माया ज्ञवाली र केन्द्रीय सदस्य राजन राईसहित चार जनाले मंगलबार मात्रै आफूहरू पनि नेकपा (एकीकृत समाजवादी) मा समावेश हुन पाऊँ भन्दै निवेदन दिएका थिए। पाण्डे नेता नेपालका सम्धी पनि हुन्।

एमालेबाट फुटेर नयाँ पार्टी गठन गरी पाऊँ भनेर आयोगमा शुक्रबार एमालेका ३१ सांसद र ५७ जना केन्द्रीय सदस्यले निवेदन दिएका थिए। तर सो निवेदनमा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको मात्र हस्ताक्षर रहेको आयोग स्रोतले बतायो।

राजनीतिक दल सम्बन्धी अघिल्लो हप्ता मात्रै सरकारले जारी गरेको अध्यादेशमा नयाँ दल गठन गर्न चाहने सांसद र केन्द्रीय सदस्यहरूले एकैपटक आयोगमा निवेदन दिनुपर्ने उल्लेख छ। साथै आयोगमा स्वयं उपस्थित भएर सनाखत गर्नु पर्नेछ।

आयोगले निवेदन दिएका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बुधबार ११ बजेदेखि साढे एक बजेभित्र उपस्थित हुन भनेको छ।

अस्ति दिएको निवेदनमा खनालको हस्ताक्षर नभएको र भोलि पनि उनी उपस्थित हुन नसक्ने हुँदा सनाखत गर्न नसक्ने आयोगले बताएको छ। अन्य चार जनाको नाम पनि अस्ति दिएको निवेदनमा नभएकाले उनीहरूको पनि सनाखत हुन नसक्ने आयोगको तर्क छ।

आफू पक्षका केही नेता तथा सांसदहरूको सनाखत हुन नसक्ने भएपछि नेता खनालले दिल्लीबाट र नेता नेपालले पनि मंगलबार आयोगमा फोन गरेर सहयोग गरिदिन अनुरोध गरेका थिए।

‘छुटेका नेताहरूको सनाखत गर्न नसक्ने कुरा आयोगले दुवै नेतालाई बताएको छ,’ नेपालनिकट एक नेताले भने, ‘भोलि पनि हामी आयोगसँग कुरा गर्छौं, मान्छ कि!’

आयोगले भने कानुनभन्दा बाहिर गएर काम गर्न नसक्ने व्यहोरा दुवै नेतालाई जानकारी गराएको छ।

नयाँ पार्टी दर्ताका लागि एमालेका कम्तीमा २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्य बुधबार आयोगमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ।

आयोग बुधबार पनि आफ्नो अडानमा कायम रहेमा नयाँ पार्टी गठन गर्नका लागि आवश्यक सांसद संख्या पुग्ने छैन। तर एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेकाले उनीहरू बुधबार आयोगमा उपस्थित भएर सनाखत गरेको खण्डमा एमाले (एकीकृत समाजवादी) औपचारिक रूपमा दर्ता हुनेछ।

निर्वाचन आयोगमा एमालेका २०३ जना केन्द्रीय सदस्यको नाम दर्ता छ। नेकपा (एकीकृत समाजवादी) दर्ता हुन तीमध्ये २० प्रतिशत, अर्थात् ४१ जनाले भोलि आयोगमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ।

नयाँ पार्टी दर्ता भएपछि खनाल, पाण्डे, भट्ट, ज्ञवाली सहितका अरू सांसदहरू या त एमालेमै रहनु पर्नेछ वा उनीहरूले सांसद पद त्याग्ने खतरा मोलेर नयाँ पार्टीमा संलग्न हुने सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP