मंगलबार , बैसाख २९, २०८३

रुपन्देहीको तिनाउ दानव कोरिडोरको बुधवार शिलान्यास गरिएको छ । उक्त कोरिडोरको सरकारका अर्थमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का महासचिव विष्णु पौडेलले शिलान्यास गर्नुभएको हो ।
आफ्नो चुनावी घोषणापत्रमा समेत यो परियोजनालाई महत्वका साथ समावेश गर्नुभएका पौडेलले यो आयोजनालाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा अगाडी सारिएको बताउनुभयो ।
कोरिडोरको शिलान्यास गर्दै मन्त्री पौडेलले रुपन्देहीमा कुनैपनि विकास आयोजना अधुरा रहन नदिने र आर्थिक, पर्यटन, सांस्कृतिक र वाणिज्यको केन्द्र बनाउने गरि योजना अगाडी बढाईने बताउनुभयो ।
मन्त्री पौडेलले अहिले संचालन भईरहेका र अगाडी सारिएका आयोजनाहरु सम्पन्न हुंदा रुपन्देही विकासमा सबैभन्दा अब्बल बन्ने र रुपन्देहीको महत्व अझै बढ्ने उल्लेख गर्दै निर्वाचनको बेला जनतासंग गरिएका प्रतिबद्धता र घोषणापत्र एकएक गरि कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अहिलेको सरकारले एकपछि अर्को राष्ट्र र जनपक्षिय निर्णय गर्दै नतिजा र परिणाम मुखीकाम गरेर देखाउने बताउनुभयो ।
बुटवल बजारको बिच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारै किनार बन्ने करिडोरको निर्माणपछि भारतिय सिमासंग जोडिएको रुपन्देहीको मर्चवारलाई बुटवलसंग जोडिन सहज हुने विश्वास गरिएको छ ।
तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरि दुवैतर्फ २ लेनको सडक निर्माण हुने छ । त्यसको लागि पहिलो चरणमा तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किलोमिटरका लागि ठेक्का सम्झौता भईसकेको छ ।
जसअनुसार तिनाउ कोरिडोरमा ५२ करोड ४६ लाख र दानव कोरिडोरमा १९ करोड ४२ लाख रुपैयामा किरांतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियां जेवीसंग गत असोजमा ठेक्का सम्झौता भएको हो ।
किरांतेश्वर मैनाचुली अविसा जेवीले तिनाउ तर्फको र लामा बानियां जेवीले दानवतर्फको सडक निर्माण गर्ने छन् । ठेक्का सम्झौता अनुसार तिनाउ तर्फको ३६ महिना र दानव तर्फको २७ महिनामा सडक निर्माण सक्नुपर्ने छ ।
पहिलो चरणमा तिनाउतर्फको बुटवल नयां बसपार्क पछाडिदेखि तिलोत्तमाको मगरघाट सम्म र दानवतर्फ बेलवास झोलुंगे पुलदेखि नयांगाउं पुलसम्म कोरिडोर निर्माण हुने सडक विभागले जनाएको छ ।
दुवैतर्फ गरि ५० किलोमिटर सडक निर्माणका लागि ४ अर्ब १३ करोड रुपैया लाग्ने विभागले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुंदै आएको तिनाउ नदिको उकास क्षेत्र जोगिने र नदिको बहाव क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ ।
हाल तिनाउको बहाव क्षेत्र समेत अतिक्रमण गरि बस्ती बसाईएको छ । सडक निर्माणको क्रममा बहाव क्षेत्र छाडेर नदीको जगदेखि नै पर्खाल लगाइने भएकोले नदि कटान तथा अतिक्रमणको समस्या हट्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
नदितर्फको ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइने छ भने त्यसपछि मात्र १४ मिटरको दुईलेन सडक सडक हुने छ । त्यस्तै बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिने छ ।
हाल नदिको किनार सम्मै घरटहरा बनाई बस्ती बसेकोले सडक निर्माणको क्रममा घरटहरा हटाउनुपर्ने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । कोरिडोरका लागि ७ सय ५ वटा घरटहरा हटाउनुपर्ने र त्यसको लागि बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरपालिकाले लिखित प्रतिवद्धता समेत गरिसकेको कार्यालयले जनाएको छ ।
यी दुवै आयोजनाले तिनाउ नदिको सुरक्षा र सौन्दर्य बढाउने मात्र होईन रुपन्देहीको आर्थिक तथा पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
तिनाउको संरक्षण तथा पर्यापर्यटनको विकासका लागि भन्दै थालिएको कोरिडोरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी, सैनामैना तथा बेथरी हुँदै भारतसम्म जोड्ने छ ।
यसअघि अर्थमन्त्री पौडेलले सैनामैनाको वडा नं १ रानिवगियामा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय र वडा नं. ४ मा रहेको पर्रोहा माध्यमिक विद्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।
तिलोत्तमा स्थित गिर्वाण सरस्वती स्कुलको भवन उद्घाटन तथा छात्राबास शिलान्यास गर्नुभएको छ । विहिबार पनि अर्थमन्त्री पौडेलले तिलोत्तमामा १५ शैयाको अस्पताल शिलान्यास, झुम्सा खानेपानी आयोजना शिलान्यास तथा अनलाईनबाट कर प्रणालीको शुभारम्भ लगायतका कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP