मंगलबार , बैसाख २९, २०८३

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले कोशी प्रदेश परामर्श समितिको बैठकमा छ बुँदे फरक प्रस्ताव पेश गरेका छन् । आज (आइतबार) देखि सुरु भएको प्रदेश परामर्श समिति बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छ बुँदे फरक प्रस्ताव बुझाएका हुन् । ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’ शीर्षक दिइएको उनको छ बुँदे प्रस्तावमा विचार निर्माणका लागि नेपाली सामाजिक जनजीवनलाई बुझ्न प्रचण्डको नेतृत्वमा देशब्यापी महायात्रा गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

त्यस्तै, नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेशको संस्कृतिलाई मिहिन ढङ्गले बुझनुपर्ने, प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने, नेपाली जनता र सिङ्गो समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझ्नुपर्ने उनको सुझाव छ ।

प्रगतिशील सामाजिक मूल्यमान्यताका आधारमा “प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद” को विकास गर्नुपर्ने उनको भनाइ छ । आम पार्टी पङ्क्तिलाई जनविश्वविद्यालमा अध्ययन गर्न गराउन पठानुपर्ने, जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरू बारे गहिरो अध्ययन गरेर प्रगतिशील पक्षहरूलाई आधार मानी नेपाली समाजवादको जग बसाउनुपर्ने, समाजवाद “ल्याउने” (आयात) गर्ने होइन, समाजवादमा “पुग्ने”हो भने नेपाली विशेषताको समाजवादको “विकास” गर्नुपर्ने उनको सुझाव छ ।

यस्तो छ उनको छ बुँदे फरक प्रस्ताव :

अध्यक्ष कमरेड !

अहिलेको मूल आवश्यकता रणनीति र कार्यनीतिलाई मूर्त बनाउँदै नेपाली मौलिकतामा समाजवादी विचारको विकास गर्नु हो । आज हाम्रो समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडा जस्तै भएको छ । सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो हो, स्पष्ट छैन । त्यसैले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा “देश महायात्रा” सञ्चालन गरेर विचारको विकास गरौँ । त्यसले पार्टीभित्रको संगठनात्मक सङ्कट समाधान हुन्छ, नेतृत्व निर्माणको सवाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ । त्यो काम सामूहिकतामा हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ । त्यो अभियानलाई सफल बनाउन निम्न मौलिक विधि अपनाउन सकिन्छ :

१. विचार निर्माणका लागि पहिलो काम :

क) सिङ्गै सङ्गठन परिचालन गर्दै आजको नेपाली सामाजिक जनजीवनलाई बुझ्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा देश महायात्रा गरौँ ।

ख) नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेसको संस्कृतिलाई मिहिन ढङ्गले बुझौँ ।

ग) प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने नेपाली जनता र सिङ्गो समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझौँ ।

(घ) प्रगतिशील सामाजिक मूल्यमान्यताका आधारमा “प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद” को विकास गरौँ ।

२. विचार निर्माणका लागि दोस्रो काम :

(क) आम पार्टी पङ्क्तिलाई जनविश्वविद्यालमा अध्ययन गर्न गराउन पठाऔँ ।

(ख) जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरू बारे गहिरो अध्ययन गरेर प्रगतिशील पक्षहरूलाई आधार मानी नेपाली समाजवादको जग बसाऔँ ।

(ग) समाजवाद “ल्याउने” (आयात) गर्ने होइन, समाजवादमा “पुग्ने”हो भने नेपाली विशेषताको समाजवादको “विकास” गरौँ ।

३. विचार निर्माणका लागि तेस्रो काम :

(क) विश्व साम्राज्यवादका बहुमुखी सामर्थ्य र कमजोरीलाई गहिरोसँग अध्ययन गरौँ र नेपाली समाजवाद त्यसभन्दा कुन अर्थमा उन्नत हुनेछ भनेर स्पष्ट पारौँ ।

४. अन्तिम काम : विचारको संश्लेषण गरौँ ।

(क) जनताबाट आएका ज्ञानहरू र विश्व साम्राज्यवाद सम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचारको संश्लेषण गरौँ । ख) समाजवाद सम्बन्धी जनताले बुझ्ने भाषामा “अहिले यति गर्न सक्छौँ अथवा चाहन्छौँ” र “पछि यति गर्नेछौँ” भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम प्रस्ट पारौँ ।

५. स्थानीय तहः समाजवाद निर्माणको जगः

हाम्रो पार्टीको नेतृत्वमा रहेको स्थानीय तहको सरकारलाई प्रयोग गरेर समाजवादको नमुना प्रस्तुत गरौँ । स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा रहने भएकोले जनताकै अपनत्व र स्वामित्व पनि हुने गर्छ त्यसैले यो स्वतः प्रभावकारी हुन्छ साथै त्यहीँबाट नेपाली समाजमैत्री समाजवादको विकास गर्न सकिन्छ र जनतालाई पार्टीप्रति गोलबन्द गर्न सम्भव हुन्छ ।

६. सङ्गठन परिचालन : समाजभन्दा पर रहेर मानिसलाई कुनै पनि मूल्य मान्यतामा डोर्‍याउन सकिँदैन ।

नेपाली समाजले कतिपय मान्यताहरू भू–बनोट, वातावरण र ऋतुकालीन श्रमसँग निर्माण गरेको पाइन्छ । त्यसैले नेपाली चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर सहित बाह्रै महिना संगठनलाई परिचालन गरौँ

क ) वसन्त अभियान (चैत्र–वैशाख–जेष्ठ) भरि सृजनाको काम गर्ने ।

ख) वर्षा अभियान (असार–साउन–भदौ) विचार निर्माण सँगै श्रम गर्ने; बाढी, पहिरो, राहत, उद्धार, पुर्स्थापनाबारे जनसचेतनाका काम गर्ने ।

ग) शरद अभियान (असोज–कार्तिक–मङ्सिर) आन्तरिक तयारीसँगै चाडबाडसँग सम्बन्धित सामाजिक क्रियाकलाप र शुभकामना आदानप्रदान गर्ने ।

घ) शिशिर अभियान (पुस–माघ–फागुन) वार्षिक पार्टी कामको आन्तरिक तयारी, हिमपात, शीतलहरबाट बच्ने सचेतना जगाउने र न्यानो कपडा बाँड्ने सामाजिक सेवा जस्ता काम गर्ने ।

ङ) पार्टी कार्यकर्ता र नेताहरू संगठक मात्र नभएर निरन्तर विचार निर्माणको लागि अनुसन्धानकर्ताका रूपमा पनि विकास गराउनुपर्छ ।

च) पार्टीको आमनीति सापेक्षिक कार्यक्रम अन्तर्गत वडा स्तरसम्मको कमिटीलाई नीतिको आधारमा कार्यक्रम बनाउन स्वतन्त्रता प्रदान गर्ने । यसरी पार्टी कामलाई व्यवस्थित गर्दा एकातिर वर्ष दिनको कार्यक्रम अगाडि नै निर्धारित हुन्छ र “माथि” बाट के आउँछ भनेर तल्लो कमिटीले बाटो हेरिरहनु पर्दैन । अर्कोतिर, कार्यक्रम बनाउने अधिकार दिँदा रचनात्मक प्रतिस्पर्धा हुन्छ र नयाँ नयाँ सिर्जनाको जन्म हुन्छ । स्वयम् कमिटी र कमिटीका नेता हर समय नयाँ नयाँ विषय सोच्नु बाध्य हुन्छ । परिणामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ ।

छ) सार्वजनिक संस्था र स्थलहरूको सुधार गर्ने जिम्मेवारी लिएर फिल्डमा जाऔँ । स्थानीय पार्टी परिचालन गरेर (विद्यालय, स्वास्थ्य चौकी र हाटबजार आदी)मा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी व्यापक सुधार ल्याऔँ । हाम्रा काम देखेर मानिसहरू आफै पार्टीप्रति आकर्षित होउन् । अब सदस्यता जबरजस्ती दिने होइन, आफै सदस्यता लिन आउनेखालको पार्टी बनाऔँ ।

२२ भदौ २०८१,kiati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP