मंगलबार , बैसाख २९, २०८३

यसपटक पुसको आधा महिना बितिसक्दा समेत हिउँ परेको छैन। यो समय हिमाली जिल्लामा हिउँ पर्ने उपयुक्त र अनुकुल समय हो।

विगतका वर्षहरूमा मुस्ताङका खेतयोग्य जमिन र डाँडाकाँढा हिउँले सेताम्मे हुन्थे। हिउँ नपर्दा यहाँका खर्क र डाँडाकाँढा फुस्रा र नांगा देखिएका छन्।

हिउँदयामको हिउँ कृषकका लागि बरदान मानिन्छ। हिउँ पर्दा खेतीयोग्य जमिन मलिलो हुने र खनजोत गर्न सहज हुन्छ।

कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार हिउँदयाममा परेको हिउँ पग्लिएर खेतबारीको सिँचाइ र जमिनलाई चिस्यान प्रदान गर्ने भएकाले खेतबारीमा राखिएको मलजल जमिनको भित्री तहसम्म पुग्छ।

स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यक पर्ने र चिलिङ रिक्वायरमेन्टका लागि शून्य डिग्री तापक्रम आवश्यकता पर्ने हुँदा हिउँदयामको हिउँ कृषकका लागि बरदान सावित हुने केन्द्रका कार्यालय प्रमुख बस्ताकोटी बताउँछन्। हिउँदयामको हिउँले स्याउ,जौं,उवा,गहु,मकै,उवा र फापरबाली राम्ररी सप्रिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP