मंगलबार , अषोज २७, २०८३

यसपटक पुसको आधा महिना बितिसक्दा समेत हिउँ परेको छैन। यो समय हिमाली जिल्लामा हिउँ पर्ने उपयुक्त र अनुकुल समय हो।

विगतका वर्षहरूमा मुस्ताङका खेतयोग्य जमिन र डाँडाकाँढा हिउँले सेताम्मे हुन्थे। हिउँ नपर्दा यहाँका खर्क र डाँडाकाँढा फुस्रा र नांगा देखिएका छन्।

हिउँदयामको हिउँ कृषकका लागि बरदान मानिन्छ। हिउँ पर्दा खेतीयोग्य जमिन मलिलो हुने र खनजोत गर्न सहज हुन्छ।

कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार हिउँदयाममा परेको हिउँ पग्लिएर खेतबारीको सिँचाइ र जमिनलाई चिस्यान प्रदान गर्ने भएकाले खेतबारीमा राखिएको मलजल जमिनको भित्री तहसम्म पुग्छ।

स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यक पर्ने र चिलिङ रिक्वायरमेन्टका लागि शून्य डिग्री तापक्रम आवश्यकता पर्ने हुँदा हिउँदयामको हिउँ कृषकका लागि बरदान सावित हुने केन्द्रका कार्यालय प्रमुख बस्ताकोटी बताउँछन्। हिउँदयामको हिउँले स्याउ,जौं,उवा,गहु,मकै,उवा र फापरबाली राम्ररी सप्रिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP