शनिबार , जेठ २५, २०८२

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्नीच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३१० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजेर २१ मिनेटमा पश्चिमी जाभाको सियानजुर क्षेत्रमा १० किलोमिटरको गहिराईमा ५.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पका कारण मृत्यु हुनेको संख्या ३१० पुगेको छ भने २४ जना हराइरहेका सीजीटीएनले जनाएको छ । यसअघि बीएनपीबीका प्रमुख मेजर जनरल सुहार्यान्तोले पत्रकार सम्मेलनमा मृत्यु हुनेको संख्या २७१ पुगेको र मृत्यु पुष्टि भएकामध्ये एक तिहाइभन्दा बढी बालबालिका रहेको बताएका थिए ।

उनका अनुसार भूकम्पका कारण दुई हजार ४३ जना घाइते भएका छन् भने ६१ हजार ८०० जना विस्थापित भएका छन् । ४० जना अझै हराइरहेका छन् । सुहार्यान्तोका अनुसार ५६ हजार ३२० घरमा क्षति पुगेको छ, जसमध्ये एक तिहाइभन्दा बढी घर नराम्ररी क्षतिग्रस्त भएका छन् ।अन्य भवनमा ३१ विद्यालय, १२४ धमर्किकस्थल र तीन स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

अधिकारीका अनुसार एजेन्सीले विस्थापितका लागि सुविधासम्पन्न १४ वटा शरणार्थी आश्रयस्थल निर्माण गरेको छ । विश्वका भूकम्पीय रूपमा सबैभन्दा सक्रिय क्षेत्रहरूमध्ये एक सुमात्रा टापु प्रशान्त महासागरको एक छेउमा जापान र इन्डोनेसियादेखि अर्कोतर्फ क्यालिफोर्निया र दक्षिण अमेरिकासम्म फैलिएको छ ।

इन्डोनेसियामा सन् २००४ मा उत्तरी इन्डोनेसियाको सुमात्रा टापुमा गएको ९.१ म्याग्निच्यूडको भूकम्पका कारण १४ देशमा सुनामी आएको थियो जसमा हिन्द महासागरको तटीय क्षेत्रमा दुई लाख २६ हजार मानिसको मृत्यु भएको थियो । एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP