मंगलबार , बैसाख २९, २०८३

सबिन बराल/ डार्विन

फेब्रुअरी १४ प्रेम गर्नेहरुका लागि बिशेष दिन अर्थात भ्यालेन्टाइन्स डे को रूपमा लिइन्छ । रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने दिवसको सम्झनामा मनाइन्छ यो दिन । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरीका थुप्रै देशहरुमा भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवसको रुपमा मनाइन्छ । १४ फेब्रुअरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरु लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।

यो दिन कहाबाट सुरुवात भयो, किन र कसरी मनाउने गरियो भन्ने कुरा कतिपय लाई अवगत नहुन पनि सक्छ । यसको कथा निकै अनौठा तथा रोमाञ्चक पनि छन । भ्यालेन्टाइन्स डे को पछाडी एउटा दुःखद इतिहास लुकेको छ, जुन हामी मध्ये कतिपय लाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडी भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन र उनको के योगदानले गर्दा यो दिनलाइ बिशेष रुपमा मनाउन थालियो ?

तत्कालिन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानवधर्म विरुद्ध भएको ठान्थे । उनले सम्राटको आदेश विपरित युवायुवतीलाई प्रेम र विवाहको लागि प्रेरित गरे, थुप्रै जोडीहरुको लुकिछिपी विहे गराई दिन थाले । यसरी राजाज्ञा अवज्ञा गर्दै हिडेका कारण भ्यालेन्टाइन सम्राट क्लाउडियसको आदेशमा पक्राउ परे । उनलाई जेलमा थुनियो । मृत्युदण्डको सजाय सुनाइयो । जेलमा मृत्युलाई कुरेर बन्दी जीवन बिताइरहेका सेन्ट भ्यालेनटाइन जेलरकी दृष्टि बिहिन छोरीको प्रेममा परे । मृत्युदण्ड दिनु अघि भ्यालेन्टाइनले जेलर की दृष्टि विहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ृीयखभ ाचयm थयगच ख्बभिलतष्लभे यससँगै उनले प्रेम पूर्वक फूल उपहार पठाए । मृत्यु अघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’ ईसा पूर्व २७० को फेब्रुअरी १४ मा सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । यसरी प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउन थालिएको हो भन्ने किंवदन्ती पाइन्छ ।

विश्वभरी नै उत्सवको रूपमा मनाउने यस दिवसको केही वर्ष अघि सम्म नेपालमा खासै चर्चा परिचर्चा नभए पनि पछिल्लो समय नेपाली युवा युवतीमा यस पर्वले गहिरोसँग जरा गाडिसकेको छ । यदि तपाईले पनि कसैलाई प्रेम गर्नु भएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले बिशेष दिनको रुपमा हेर्छन । र यो दिनमा आएका प्रस्तावहरु लाई पनि प्रेम गर्नेहरुले सकारात्मक रुपमा नै लिन्छन त्यसैले फेब्रुअरी १४ को सुनौलो अवसर नगुमाउनुहोस ।

एउटाको मनमा तरंगित भएका विचार, भावना र अनुभुतिहरू अर्काको मनमा भएका विचार र भावनाहरूसंग मेल खाएर भित्रभित्रै प्रखर भएर आएर निरन्तर विकसित हुँदै गए भने प्रेम पलाएछ भन्न सकिन्छ । कसैले भेट गराई दिएर अथवा देखाई दिएर प्रेम हुँदैन अर्थात अभाव, प्रभाव र दवावमा अपन्त्व गरेको प्रेम देखावटी हो । त्यसैले समय चाहिन्छ र संवाद गर्नु पर्छ । संवाद बिनाको प्रेम र प्रेम बिनाको संवाद निरर्थक हुन्छ ।

वास्तविक प्रेम निस्वार्थ, र निश्चल हुन्छ । प्रेम एउटा अन्तर्निहित भावना र अनुभव हो । यो आँफै अकस्मात पलाउँछ र हुर्किँदै जान्छ तर यसलाई हुर्काउन मलजल आफै गर्नु पर्छ । सच्चाप्रेम निरपेक्ष हुन्छ । सच्चा प्रेमीले कुनै एक व्यक्ति विशेषलाई माया गर्दैमा अरूलाई घृणा कहिल्यै कदापि गर्दैन या भनौ सबै प्रति माया हुनु एउटा उच्च मानवीय गुण हो । प्रेमपूर्ण व्यक्तिले कसैबाट कुनै कुराको अपेक्षा गर्दैन अन्य सबै प्रति माया, स्नेह, करुणा र आदरभाव राख्छ । निष्कर्षमा प्रेम चाहेर हुने, चाहेर दिने र चाहेर गरिने होइन, यो त संवाद कति बेला, को सगँ र कसरी बस्छ थाहै हुदैन ।

सबैलाई प्रणय दिवसको सुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP