शुक्रबार , बैसाख ५, २०८२

लुम्बिनी प्रदेशका तीन ठूला नाकामा हरेकदिन भारतबाट फर्केनेको चाप छ ।

भैरहवाको बेलहिया, कपिलबस्तुको कृष्णनगर र बाँकेको जमुनाह नाकामा स्थापना गरिएका हेल्थ डेस्कमा भारबाट फर्केनहरूको दैनिक सयौं संख्यामा परीक्षण हुँदै आएका छन् । तर, अहिले हेल्थडेस्कमा खटिएका कर्मचारी र स्वाथ्यकर्मी नै संक्रमित हुन थालेपछि जनशक्ति अभाव भएको छ ।लुम्बिनी प्रदेशका मुख्य नाकामध्ये एक हो, नेपालगञ्जको जमुनाह नाका । भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट फैलिरहेपछि महिना दिनयता जमुनाह नाका हुँदै हरेकदिन फर्केनेको चाप छ । तर, नाकाका हेल्थ डेक्समा एन्टिजेन परीक्षण गर्न जनशक्ति अभाव छ । दैनिक ४०० भन्दा बढी एन्टिजेन परीक्षण हुने जमुनाह नाकाको हेल्थ डेस्कमा १७ जना स्वास्थ्यकर्मी छन् । जसमध्ये १० जना संक्रमित छन् । हाल सात जना कर्मचारीबाटै परीक्षण भइरहेको ल्याब टेक्नीसियन चिरञ्जीवि ज्ञवालीले बताए ।

भारतबाट आउँनेको संख्या दैनिक बढिरहेको बेला परीक्षणमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि कठिनाइ भएको उनले सुनाए । ल्याब टेक्नीसियन ज्ञवालीका अनुसार दैनिक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गरी १२ घण्टा परीक्षण भइरहेको छ ।

भारतबाट नाकामा आएकाहरूको विवरण भर्ने, तापक्रम नाप्ने, परीक्षण गर्नेदेखि संक्रमितहरूलाई सहजीकरण गर्ने जिम्मेवारी हेल्थ डेक्समा खटिएका स्वाथ्यकर्मीको छ । तर जनशक्ति अभावमा यी असजहता भइरहेको ज्ञवाली बताउँछन् ।

भारतबाट फर्केनेहरूमा अधिकांश संक्रमण देखिरहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले बताए । भारतबाट फर्केकाहरूमा दैनिक २० देखि ४० जनामा संक्रमण पुष्टि भइरहेको उनले जानकारी दिए ।

पुस १९ गतेयता जमुनाह नाकामात्र भारतबाट फर्केका ७ हजार ५७५ जनाको परीक्षण गरिएको छ । जसमध्ये ४७० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मी आफै संक्रमित

लुम्बिनी प्रदेशकै अर्काे ठूलो नाका हो, रुपन्देहीको बेलहिया नाका । निकै चहल पहल रहने यो नाका हुँदै दैनिक ३०० देखि ४०० सम्म भारतबाट भित्रिरहेका छन् । नाकामा स्थापना गरिएको हेल्थ डेक्समा अहिले ३०० सम्म परीक्षण हुँदै आएको छ ।

भारतबाट आएकाहरूमा संक्रमण पुष्टि भइरहेकाले जोखिम बढेको हेल्थ डेक्सका स्वास्थ्य संयोजक लालबहादुर चौधरीले बताए । उनले हेल्थ डेक्समा परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मी स्वयं संक्रमित भइरहेको बताए । उनका अनुसार हेल्थ डेक्सको ल्याबमा मात्रै चारजना र अन्य गरी नौ स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलनमा छन् ।

अस्पतालमा पनि उस्तै

प्रदेशका सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी मात्र हैन, अस्पतालका स्वाथ्यकर्मी समेत संक्रमित हुन थालेपछि जनशक्ति अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि स्वास्थ्य सेवा प्रदान गर्न अप्ठ्यारो पर्ने अस्पतालले जनाएका छन् ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २० जना स्वास्थ्यकर्मी संक्रिमित भइसकेको निर्देशक डा. प्रज्ञा बस्नेतले बताइन् । अस्पतालमा कोभिड संक्रमणका बिरामी बढेपछि स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेको उनले बताइन् ।

दाङकै राप्ती प्रादेशिक अस्पतालमा पनि चार स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

तीब्र रुपमा फैलिरहेको कोरोनाको कारण अस्पतालमा बिरामीको चाप बढेका छन् । बिरामीको उपचारमा खटिएका स्वाथ्यकर्मी आफै सक्रमित हुन पुगेका छन् । स्वास्थ्य निर्देशनलयका अनुसार लुम्बिनी प्रदेशमा संक्रिय संक्रमित सख्ंया चार हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP